यातायात कार्यालयमा छापा, ९ जना बिचौलिया पक्राउ

556

काठमाडौं– प्रहरीले यातायात व्यवस्था कार्यालय बागमती मोटरसाइकल शाखा सतुगंलमा छापा हानी ९ जना बिचौलियालाई पक्राउ गरेको छ । बिभिन्न सेवाका लागि आएका सेवा ग्राहीलाई छिटो छरितो काम गरिदिने भनी रकम माग गरी विचौलियाहरुले हैरानी गरेको गुनासो आएपछि प्रहरीले बिहीबार छापा हानेको थियो ।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी न.पा.२ वाडभन्ज्याङका वर्ष ४२ का सानु कुमार भुर्तेल, नागार्जुन न.पा.७  का वर्ष ३३ का रबिन तामाङ, रामेछापको ओखरेनी ७ का वर्ष २६  का रोशन कार्की रहेका छन् । यसैगरी मकवानपुरको हाडीखोला गा.पा. ३ का वर्ष २३ का पृथ्वी कार्की, ललितपुरको महालक्ष्मी न.पा. ९ का वर्ष ३४ का किरण तामाङ, धादिङको निलकण्ठ न.पा. १४ का वर्ष २५ को  रवी शाह,  लितपुर महानगरपालिका २ का वर्ष २५ का शुनिल महर्जन, पर्साको पटेर्वा २ का वर्ष २३ का अनिल कुमार चौधरी र काठमाण्डौ चन्द्रागिरी न.पा. ८ का वर्ष ३७ का अशोक कुमार बलामी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरी कारवाहीको लागि महानगर प्रहरी वृत्त थानकोट पठाइएको छ । वृत्तवाट सार्वजानिक अपराधमा म्याद थप गरी थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले सेवा ग्राहीहरुलाई बीच बाटोमा रोकी हैरानी पारेको, कार्यालयमा सिधै सम्पर्क गर्न रोकेको, सरकारी दस्तुर भन्दा वढि रुपैयाँ माग गरेको सेवा ग्राहीको गुनासो छ ।