ग्रामरमा विद्यार्थीको विदाइ तथा स्वागतमा कार्यक्रम

392

काठमाडौं ।
ग्रामर पब्लिक स्कूल÷कलेज कोटेश्वरका ११, १२ र स्नातक अन्तिम वर्षका विद्यार्थीको विदाई तथा स्नातक पहिलो वर्षका विद्यार्थीको स्वागतमा एक कार्यक्रमको आयोजना गरियो ।

ग्रामर पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राई, ग्रामर कलेज तथा ग्रामर पव्लिक स्कुलका संस्थापक प्रिन्सिपल राजकुमार राई, कलेजका लिडरसिप डाइरेक्टर डा.जीवन खड्का, ग्रामर स्कुलका भाइस प्रिन्सिपल सुर्दशन पाण्डे, निर्देशकद्धय भरतकुमार राई तथा दिलेन्द्रकुमार राई, नेपाली विभाग प्रमुख आनन्दकला राईलगायतले विदा हुन लागेका विदार्थीलाई टिका तथा खादा लगाएर विदाइ गरेका थिए भने नयाँ विद्यार्थीको स्वागत गरेका थिए ।

गतवर्ष दक्षिण कोरियामा आयोजित वल्र्ड मार्शल आर्टस् च्याम्पियनशिप प्रतियोगितामा स्वर्ण पदक जितेर कलेजको प्रतिष्ठा बढाए वापत सो कलेजको कक्षा १२ व्यवस्थापन संकायकी छात्रा अस्मिता खड्कालाई कलेजका संस्थापक प्रिन्सिपल राजकुमार राई तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईले प्रशंसापत्र प्रदान गरेका थिए ।