युरो किड्सको वार्षिकोत्सव

303

भक्तपुर । पुर्व उद्योगमन्त्री एवम् वर्तमान संघीय संसदका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा युरो किड्स सल्लाघारीको वार्षिकोत्सव तथा विद्यार्थीको दिक्षान्त कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा सांसद महेश बस्नेत, नेपाल सरकारका सचिव मधुसुदन अधिकारी, सहसचिव रामकाजी खड्का, सैनिक आवासिय महाविद्यालयका प्रशासन प्रमुख हरिप्रसाद पौडेल, अभिभावक शारदा अर्याल, चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयले छोटो समयमा गरेको प्रगतीबारे चर्चा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनेत्र प्रधानांगको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले विद्यालयको विशेषताबारे प्रकाश पारेका थिए भने प्रिन्सिपल विनु गोदार थापाले विद्यालयको परिचय गराएकी थिइन ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा सन्देशमूलक नृत्य प्रस्तुत गरेका थिए ।