काठमाडौँ, एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु भएको छ । भूकम्पले पश्चिमतिरको भागमा क्षति पुर्याएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ ।
पुनर्निर्माण प्राधिकरणले सिंहदरबार रेट्रोफिटिङ (प्रबलीकरण) का लागि गत १८ गते खुला गरेको टेन्डर फेरि स्थगन गरेको सूचना जारी गरेको छ। यसले भत्काउने पक्षमा फेरि चलखेल बढेको खुलेको हो। सिंहदरबारको बनोट र निर्माण विधिअनुसार भत्काउनु नपर्ने भन्दै पुरातत्त्वविदको सुझावमा प्राधिकरणले तीन महिनाअघि रेट्रोफिटिङ गर्ने निर्णय गरेको थियो। रेट्रोफिटिङपछि प्रयोग हुनै नसके पनि ऐतिहासिक महत्त्वको भएकाले जस्तो हालतमा छ, जोगाउनुपर्ने पुरातत्त्वविदको सुझाव छ, कान्तिपुरमा खबर छ ।