कमल स्कुलको अभिभावक दिवसमा पुरस्कार वितरण

303

 

काठमाडौं ।

बल्खुचोकस्थित कमल अंग्रेजी आवाशिय माविको २७ औं अभिभावक दिवस तथा पुरस्कार वितरण दुई चरणमा गरि सम्पन्न भयो । नेपालको राष्ट्रगानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’को प्रमुख आतिथ्यमा पहिलो चरणको कार्यक्रम तथा काठमाडौं ९ नं निर्वाचन क्षेत्रका सांसद कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा दोस्रो चरणको कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा राष्ट्रगानका रचनाकार व्याकुल माइलाले कमल आवाशिय माविले शिक्षा र समाजसेवा दुबै क्षेत्रको विकासको लागि गरेको योगदानको चर्चा गर्नुभयो । साथै उहाँले विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गर्नुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रा.डा. लोकनारायण झाको सभापतित्वमा सम्पन्न दुवै चरणको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल रामकृष्ण तण्डुकारले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।