काठमाडौं । अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा योगदान गरेका चिकित्सक, स्वास्थ्यकर्मी तथा समाजसेवीलाई राजधानीमा सम्मान गरिएको छ ।
सामुदायीक स्वास्थ्य तथा विकास केन्द्र, राष्ट्रिय नागरिक विकास समाज र द काठमाडौं टुडेले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा पुर्वप्रधानमन्त्री झलनाथ खनालले दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मान गरेका हुन ।
यसरी सम्मानित हुनेहरुमा स्वास्थ्य मन्त्रालयका पुर्व सचिव एव्म वरिष्ठ छातीरोग विशेषज्ञ डा.दीर्घसिंह बम, राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ कन्सल्ट्यान्ट चेष्ट फिजिसियन डा.मोहनकुमार प्रसाई, आयुर्वेद शिक्षण अस्पताल किर्तिपुरका निर्देशक एवम् वरिष्ठ आर्युवेद विशेषज्ञ प्रा.डा.देवबहादुर रोक्का छन ।
यसैगरी वरिष्ठ स्त्री तथा प्रसुती विशेषज्ञ डा.सानुमैयाँ दली, क्लिनिकल नेच्युरोथेरापि विषयमा एमडि गर्ने पहिलो महिला डा.दिपा पाण्डे, शहीद मेमोरियल अस्पताल, प्रवन्ध निर्देशक वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.दिपक श्रेष्ठ तथा अध्यक्ष सोव रिन्पा एशोसियसनका संस्थापक अध्यक्ष डा.तेन्जींगधर्के गुरुंग लगायत छन ।
आयोजक सामुदायीक स्वास्थ्य तथा विकास समाजका केन्द्रीय अध्यक्ष मोहन जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व प्रधानमन्त्री खनाललगायतका वक्ताले बोलेका थिए ।