बिस्केटमा योङ कम्यिुनिष्ट लिगद्दवारा निःशुल्क खानेपानी वितरण

627

भक्तपुर । भक्तपुरको प्रशिद्द एवं लामो जात्राका रुपमा रहेको विस्केट जात्रामा वाइसियल नेपाल प्रदेश नम्वर ३ ले निःशुल्क खानेपानी वितरण गरेको छ । जात्रालाई मध्यनजर गर्दै जात्रालुको सहजताका लागि आफुहरुले भक्तपुरको तौमडीमा खानेपानी वितरण गरेको वाईसियल नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नम्वर ३ का स्वयमसेवक प्रमुख कुमार लामाले बताउनुभयो ।
संसारका क्रान्तिकारी युवा एक होओं ! माक्र्सवाद लेलिनवाद माओवाद जिन्दावाद भन्दै समाजसेवामा जुटेको वाईसियल नेपालले विभिन्न स्थानमा सेवामुलक कार्य गर्दै आएको जनाउँदै उहाँले भक्तपुरको प्रशिद्द एवं ऐतिहांसिक विस्केट जात्रामा आफुहरुले जनताको सेवाको लागि खानेपानी वितरण गरेको जानकारी दिनुभयो ।


नयाँ बर्षको शुभकामना तथा विस्केट जात्राको शुभकामना दिदै योङ कम्युनिष्ट लिग नेपाल प्रदेश नम्वर ३ स्वयम् सेवक कार्यालय सल्लाघारी भक्तपुरले तौमडीमा निशुल्क खानेपानी वितरण गरेको हो । चर्को घाममा जात्रा भर्न आउने जात्रालुको सेवाका लागि आफुहरुले खानेपानीको वितरण कार्य गरेको प्रमुख कुमार लामा बताउनुहुन्छ ।
मानवीय धर्म भनेको नै अरुको सेवा गर्नु हो भन्ने भावना अनुरुप नै आफुहरुले जात्रालुलाई खानेपानी वितरण गरेको उहाँको भनाई थियो । वाईसियल नेपाल स्वयमसेवक दलले आगामी दिनमा पनि यसैगरि सेवा गर्दै जाने उहाँको भनाई थियो ।