खाना खाने नली नै नभएको नानी जन्मे पछि अभिभावकलाई समस्या

1112

भक्तपुर । सोनाम लामा र उर्मिला लामा आफ्नो पहिलो बच्चा जन्मनेमा खुसी थिए । आफ्नी श्रीमतीलाई डेलिभरी गराउन भक्तपुर अस्पताल लगे । अपरेसन पछि छोरी जन्मीन उनीहरु पहिलो सन्तान घरमा लक्ष्मी आएकोमा अत्यन्त खुसी थिए । तर उनीहरुको खुसी धेरै बेर टिकेन छोरीले दुध त खाईन तर उल्टीमात्र गरि रहिन । अस्पतालले उनलाई महाराजगंजको कान्ति अस्पतालमा रिफर गरि दियो तर कान्तिमा पनि उनको खासै केहि हुन सकेन अनी आईसियु पनि पाउन नसकेका कारण उनले आफ्नी छोरी बोकेर बसुन्धाराको चिरायु नेश्नल अस्पताल लिएर गए । बल्ल थाहा भयो उनको स्वास तथा खाना नली विकसित नै भएको रहेनछ । अपरेसन गर्नु पर्ने भयो । जन्मेको दिन नै आफ्नो सन्ताको अपरेसन गर्नु पर्ने भन्ने कुराले उनीहरु आतिय । तैपनि दैवको देन कसको के लाग्छ भनी आफन्त हरु साथीभाईहरुलाई हार गुहार गरि उनले छोरीको अपरेसन गराए र छोरीको काखीवाट डाक्टरहरुले अपरेसन गरि उनको विकास नभएको स्वास तथा खाना नलीको अपरेसन गरि दिए । विश्वमा नै दुर्लभ समस्याहरुमा यस्तो समस्या रहने अस्पतालका डाक्टरले जनाएका छन् ।
हाल नानीको अपरेसन सफल भएको छ तर उनलाई ५ वर्ष सम्म पनि फलोअपमा जानु पर्ने डाक्टरले बताएका छन् ।
सिन्दुपाल्चोक लिसाङखुपाखर गाउँपालिका वडा नम्वर १ ठुलो धादिङको सामान्य परिवारमा यस्तो समस्या भएकी बालिका जन्मेपछि उनीहरुलाई नानीको उपचारमा भने ठुलो समस्या आएको छ । माघ २५ मा नै जन्मेकी बालिकाको हाल भने उपचार गरि घर लगिएको छ । तर समय समयमा उपचार गराउनु पर्ने भएका कारण अभिभावकलाई भने हाल आर्थिक भर थपिएको छ । ६ लाख भन्दा बढि ऋणधन गरेर छोरी बचाएर ल्यायौं अहिले उनको अवस्था सामान्य नै भएपनि हुर्काउन भने ठुलो समस्या भएको उनीहरु बताउँछन् । छोरी समान्य भएको भए त केहि समस्या थिएन जन्मने वित्तिकै गरेको अपरेसनका कारण घरमा पनि उच्च सर्तकताका साथ उनलाई हुर्काउनु पर्दा भने परिवारमा आर्थिक समस्या आएको उनीहरु बताउँछन् ।
संसारमा शास रहेसम्म आस भन्ने उखानै रहेको छ यसै अनुरुप आफ्नो नानीको उपचारमा पनि सहयोगी मनहरुले केहि सहयोग गरि दिए नानीको उपचारमा सहज हुने लामा बताउँछन् । दैनिक थान्कामा ज्याला मजदुरी गरेर पेट पाल्दै आएको लामा परिवारमा हाल छोरीका कारण ठुलो आर्थिक समस्या भएको छ । दैनिक रुपमा थान्क कोर्न नसकेको खण्डमा आफ्नो परिवारको हात मुख जोर्न समस्या भएको परिवारमा अकसमात परेको आपतका कारण भएको आर्थिक भार र ऋणका कारण उनीहरु हाल ठुलो समस्यामा रहेको लामा दम्पती बताउँछन् । गाउँ गएर बसौ छोरीलाई कुन बेला अस्पताल लैजानु पर्ने भन्ने एकिन छैन काठमाण्डौं खाल्डो साहैं महंगो रहेछ हामी त रनभुल्लमा परेका छौ के गर्ने के नगर्ने यसैले छोरीको उपचारका लागि भएपनि कसैवाट सहयोग मिलेमा आफुहरुलाई केहि हद सम्म भएपनि सजिलो हुने उनीहरु बताउँछन् ।