पुरानो साल विदाई गर्दै भक्तपुरमा हिन्दू स्वयम सेवक संघ नेपालको दिप प्रज्वलन

688

भक्तपुर । नयाँ वर्षको स्वागत एवं पुरानो सालको विदाई गर्दै भक्तपुरमा दिप प्रज्वलन गरिएको छ । भक्तपुरको पाँचतले मन्दिर परिसर र कटुञ्जेको चुनदेवी मन्दिर पसिरमा एकै पटक हिन्दू स्वयम सेवक संघ नेपालको आयोजनामा दिप प्रज्वलन गरिएको हो ।
दिप प्रज्वलनका प्रमुख अतिथि समाजसेवी गणेशभक्त साखाले आजको दिनमा नेपालीले आफ्नो परापुर्व काल देखि चल्दै आएको रितिरिवाज भुल्नु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु जस्तै भएको बताउनुभयो ।उहाँले पर संस्कृतिको पछि लाग्नु भन्दा आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्न तर्फ नै सवैलाई लाग्न आग्रह समेत गर्नु भएको थियो ।


यस्तै कार्यक्रममा बोल्दै हिन्दु स्वयम सेवक संघ संवाहक कार्यवह धुर्व राज लुईटेलले आज हिन्दुहरुले आफ्नो खुट्टामा आफैले बन्चरो हानी रहेको बताउनुभयो । आज हामी आफ्नो मौलिकता भुलि रहेका छौं विक्रम संवतको देखा सेखी गर्दै आएको इस्वी संवतलाई हामी धुमधामले मनाउँछौं हामीलाई बिभिन्न प्रलोभनमा आज धर्म परिर्वतन गराउन विभिन्न अराजक तत्वहरु हावी भएका छन् उनीहरुको पछि लागेर आज हिन्दुहरुले आफैले आफ्नो खुट्टामा बन्चरो हानी रहेको उहाँले बताउनुभयो । यसैले आफुले मान्दै आएको धर्म परिर्वतन गर्नु भनेको आमा परिर्वतन जस्तै भएको उल्लेख गर्दै उहाँले पुराना वर्षमा हामीले गरेका गल्तीहरुलाई भुल्दै नयाँ बर्ष देखि सुधारको बाटोमा लाग्नु पर्ने बताउनुभयो । उहाँले विक्रम संवत २०७५ सालको शुभकामना दिदै आगामी वर्षमा हामी हाम्रो धर्म संस्कृति रक्षाका लागि अझ बढि लाग्न सकौं भन्ने कामना समेत गर्नु भएको थियो ।


कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रामेश्वर धोजु ,वडा सदस्य सुधाम केसी , शम्भु प्रशाद गौतम, हिन्दु जागरण नेपाल भक्तपुरका अध्यक्ष कोकिला बस्नेत लगाएतका वक्ताले नयाँ वर्षको शुभकामना ब्यक्त गर्दै विक्रम संवत र नेपालीको सम्वन्धका विषयमा प्रस्ट पार्नु भएको थियो । उहाँहरुले आजका दिनमा आएको ईस्वी संवत भन्दा हजार गुण बैज्ञानीक र आधुनिक केवल विक्रम संवत नै भएको बताउँदै सम्पुर्ण नेपालीहरुले अरुको पछि लाग्न छोडेर आफ्नो भएको मौलिकता जोगाउन नै लाग्नु पर्ने बताउनुभएको थियो ।
नेपालको नक्सा बनाउँदै सयौं दिप प्रज्वलन गर्दै पुरानो सालको विदाई तथा नयाँ सालको स्वागत कार्यक्रम गरिएको स्थानिय अनुप केसीले जानकारी दिनुभयो । उहाँका अनुसार हिन्दू स्वयम सेवक संघ र चुनदेवी सामाजिक सुधार समितिको आयोजनामा भएको कार्यक्रममा सयौंको उपस्थिति रहेको थियो ।