करियरले एसईईका उत्कृष्टलाई नगद पुरस्कार दिने

488

 

काठमाडौं ।

पेप्सीकोला, टाउनप्लानिङ्ग क्षेत्रको चर्चित विद्यालय करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी (सिबिआईए स्कुल)ले यो वर्षदेखि माद्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने तीनजना विद्यार्थीलाई नगदसहितको ‘करियर उत्कृष्ट विद्यार्थी पुरस्कार’ दिने घोषणा गरेको छ ।

विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार २०७४ को एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २५ हजार, १५ हजार १० हजार सहितको ‘करियर उत्कृष्ट विद्यार्थी पुरस्कार’ दिने घोषणा गरिएको हो ।

एसईई परिक्षाको परिक्षाफल प्रकाशन भएको एकहप्ताभित्रै सो नगद पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

एसईई परिक्षाफलमा पाएको अंकको आधार र उनीहरुले विद्यालयमा १० कक्षामा अध्ययन गर्दा उनीहरुको अनुशासन, शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, कक्षाको हाजीरी, बानीव्यहोरा, र्सिजनशिलता र अभिभावकको सहयोग समेतको मुल्यांकन गरि तीनजनालाई पुरस्कृत गर्न लागिएको विद्यालयका प्रिन्सिपल हेम राईले बताए ।

एसईई परिक्षामा पाएको अंकलाई आधार मानेर ४० र अन्य ६ थरी गतिविधिलाई ६० अंक मानेर कूल एकसय पुर्णांकमा विद्यार्थीहरुको मुल्यांकन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

विद्यालयद्धारा यसैवर्षदेखि स्थापित ‘करियर उत्कृष्ट विद्यार्थी पुरस्कार’ का कारण शैक्षिक सत्र २०७५ मा १० कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई थप मिहेनत गर्न हौसला दिने प्रिन्सिपल राईले दावी गरे ।