अनेरास्ववियुले विद्यार्थी भर्ना अभियानलाई सघाउने

285

काठमाडौं ।
सत्तासिन नेकपा एमालेको जनवर्गीय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अखिल) ले सरकारद्वारा बुधबारदेखि देशव्यापी रुपमा सञ्चालन गर्न लागेको ‘नयाँ विद्यार्थी भर्ना अभियान’ लाई सघाउन संगठनकी उपाध्यक्ष सुनिता बरालको संयोजकत्वमा ८ सदस्यीय कमिटी बनाउने निर्णय गरेको छ ।
विद्यार्थी संगठनको सातै प्रदेशका प्रमुख (सचिव) लाई सदस्यको रुपमा राखेर भर्ना अभियानलाई सफल पार्ने निर्णय गरिएको संगठनका महासचिव ऐन महरद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सरकारले आज (बुधबारदेखि १५ बैशाखसम्म मुलुकका ७७ वटै जिल्लामा नयाँ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । ‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ नाराका साथ नयाँ विद्यार्थीलाई पाठ्य पुस्तकसहित नयाँ भर्ना अभियान शुरु गर्दैछ ।
संगठनको एकाई भएको हरेक एकाई कमिटिले विद्यालय जानबाट वञ्चित भएका कम्तिमा एकजनालाई नजिकको सामुदायीक विद्यालयमा भर्ना गर्नुपर्ने र सो को रेकर्ड २० बैशाखसम्म संगठनको केन्द्रीय कार्यालयमा पठाउन पनि सम्वन्धित एकाई कमिटिलाई निर्देशन दिएको छ ।