तपाईं एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने किनेको केही महिनाभित्रै स्लो हुन थालेको अनुभव गर्नुभएको होला ।
तपाईं फोनको एक एपबाट अर्को एपमा जान खोज्दा वा कुनै काम गरेर फेरि होम स्क्रीनमा फर्कन खोज्दा पहिलेभन्दा अलिक बढी समय लाग्छ भने फोन स्लो भएको लक्षण हो । फोन स्लो हुनबाट कसरी बच्ने हामी यहाँ बताउँछौं ।
हरेक फोनमा इन्टर्नल मेमोरी हुन्छ । मेमोरीमा जति स्पेस भयो, फोन त्यति राम्ररी काम गर्छ । फोनमा तस्वीर, संगीत र एपहरू भरमार हुँदा स्लो हुन पुग्छ ।
त्यसैले चाहिने मात्र एप फोनमा राख्नुस् र नचाहिने जतिलाई डिलिट गर्नुस् ।
फोनमा कुनै अपडेट पेन्डिङ भने सेटिङमा गएर अपडेट गरिदिनुस् ।
फोनमा लाइभ वालपेपरले अत्यधिक स्पेस लिन्छ । यसले डिभाइस स्लो गराइदिन्छ । लाइभ वालपेपरको इमेजलाई रिप्लेस गर्नुस् ।
फोनमा जम्मा हुने जंक फाइल र क्याश फाइललाई बेलाबेलामा डिलिट गर्नुस् ।
डिभाइसमा कहिलेकाहीँ डुप्लिकेट कन्टेन्ट भए भने तिनलाई एकएक गरी डिलिट गर्नुस् ।
- एजेन्सी