बिस्केटमा के.डी श्री डान्स कल्चर एकेडेमीले गर्यो निःशुल्क खानेपानी वितरण

388

भक्तपुर । भक्तपुरको प्रशिद्द एवं लामो जात्राका रुपमा रहेको विस्केट जात्रामा के.डी श्री डान्स कल्चर एकेडेमी प्रालीले जात्रालुको लागि निःशुल्क खानेपानी वितरण गरेको छ । भक्तपुरको मुख्य जात्रामध्य एक विस्केट जात्रालाई मध्यनजर गर्दै जात्रालुको सहजताकालागि आफुहरुले खानेपानी वितरण गरेको के.डी श्री डान्स कल्चर एकेडेमीका नृत्य निर्देशक कर्मध्वज तामाङले जानकारी दिनुभयो ।
परम्परा जोगाउँदै आएको विस्केट जात्राले संस्कृतिको रक्षा गर्दै आएको छ यसै परम्परामा नृत्य पनि एक पाटोका रुपमा रहेको छ । जुन संस्कृतिको नृत्य उत्कृष्ठ रहेको जनाउँदै आफुहरुले परम्परागत नृत्यको जगेर्ना गर्नु पर्छ भन्दै जात्रालुलाई निःशुल्क खानेपानी वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
हाम्रो संस्कृतिमा विभिन्न नाच हरु पनि रहेका छन् जुन जगेर्ना गर्दै विश्व सामु लैजान केवल एक नृत्य कर्ताले मात्र सम्भव रहेको उहाँको भनाई छ । संस्कृतिसंग नृत्य पनि एक पाटोका रुपमा भएका कारण आफुहरुले भक्तपुरको जिवन्त संस्कृतिको अवसरमा निःशुल्क पानी वितरण गर्न पाउनु खुसीको कुरा भएको तामाङ बताउनुहुन्छ ।