भक्तपुरको सुर्यविनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति माविमा पनि आज सो नगरपालिकाका उपप्रमुख जुना बस्नेत र वडाअध्यक्ष कमलनाथ आचार्यले नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्तकुमार कार्कीको पहलमा वडाध्यक्ष आचार्यले ४ कक्षामा नयाँ विद्यार्थीको अभिभावकत्व लिएर भर्ना गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाका अनुसार विद्यालयले मंगलबार र बुधबार गरि ४८ जना नयाँ विद्यार्थी भर्ना गरिसकेको छ भने चालु शैक्षिक सत्रमा विद्यालयमा ५ सयको हाराहारीमा विद्यार्थी संखया पुर्याउने लक्ष्य राखिएको छ । गतवर्ष विद्यालयमा २ सय ४० विद्यार्थी थिए ।