भक्तपुर । भक्तपुरमा पाँच दिने योग शिविर आयोजना गरिने भएको छ । पतञ्जलि योग पीठनेपाल र पतञ्जलि योग समिति नेपालको आयोजनामा बैषाख ८ गते देखि भक्तपुरको कमलविनायक स्थित सरस्वती विद्यागृहको आँगनमा पाँच दिने निःशुल्क योग शिविर आयोजना गरिने शिविर ब्यवस्थापन समितिकी संयोजक सवीता हाडाले जानकारी दिइन् । योग शिविर सम्वन्धमा भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भक्तपुर नगरकालागि विशेष फोकस गरेर पाँच दिने योग शिविर आयोजना गरिएको जानकारी दिएकी थिइन् । शिविरमा दुई हजार हाराहारीको सहभागिता हुने समेत आफुहरुले अपेक्षा राखेको हाडाले बताइन् ।
पाँच दिन सम्म चल्ने शिविरबाट ब्यापारी , ब्यवसायी तथा युवावर्गले अधिकतम लाभ लिने अपेक्षा रहेको योग गुरु ग्रुवेन तौजलेले जानकारी दिए । पतञ्जलि योग समितिका भक्तपुरमा पहिला गुरुका रुपमा रहनु भएको तौजलेले आजको दुनियाँमा योग अत्यावश्यक चिज भएको बताउँदै अव सवै वर्ग समुदाय एवं पेषा कर्मी सवैले योग गर्नु आबश्यक भएको बताए ।
भक्तपुरमा पतञ्जलि योग समिति भक्तपुरको १० औं वर्ष पुरा भएर ११ औं वर्ष गाँठको अवसरमा कमलविनायकमा निःशुल्क योग शिविर आयोजन ागर्न लागेको आयोजक समितिले जनाएको छ । बैषाख ८ गते देखि चल्ने शिविर विहान ५ बजे देखि ७ बजे सम्म बैषाख १२ गते सम्म चल्ने छ ।
हाल भक्तपुरमा पतञ्जलि अन्र्तगत ४८ स्थानमा योग सिकाउँदै आईएकोमा अव थप तीन स्थानमा पनि यो सेवा विस्तार गर्न लागेको पतञ्जलि योग समिति भक्तपुरले जनाएको छ ।
गुरु ग्रुवेन तौजलेले नै पाँच दिन सम्म उक्त शिविरमा योग सम्वन्धि ज्ञान दिनुहुने छ ।