काठमाडौं ।
अमेरिकी सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको नेपालकै पहिलो छात्रा विद्यालय कन्यामन्दीर माविको पुनःनिर्माण कार्यको एक समारोहका वीच राजधानीमा शिलान्यास गरिएको छ । दुईवर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष राखिएको सो विद्यालयमा ७ सय छात्राहरु अध्ययनरत छन ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत एलाइना टेप्लिज, सांसद रामवीर मानन्धर, काठमाडौं महानगरप्रमुख विद्यासुन्दर शाक्य, नेपाल पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
अमेरिकी सहयोग नियोग युएसएआइडि नेपालको सामुदायिक विद्यालय पुननिर्माण कार्यक्रममार्फत अमेरिकी सरकारले कन्यामन्दीर मावि न्हयोखाको साथै भगवती मावि साँखु र आर्दश मावि भवन सानोठिमीको पुनःनिर्माण गरिने अमेरिकी राजदूत टेप्लिजले बताइन । ती तीनैवटा विद्यालय २०७२ साल १२ बैशाखको भुकम्पमा परि क्षति भएको थियो ।
अमेरिकी सरकारले वालवालिकालाई विद्यालय फर्काउने कार्यलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै राजदूत टेप्लिजले सोही प्रतिवद्धता अनूरुप विपन्न समूदायको हीतका लागि भूकम्पीय जोखिममुक्त, सुविधायुक्र र वाल तथा आपांगमैत्री विदालय भवन र स्वास्थ्य चौकी भवन बनाउँदै आएकोे बताइन ।