‘नेपाली म्याराडोना’ मणि शाहको निधन

1173

काठमाडौं:  नेपाली म्याराडोनाका नामले चिनिने चर्चित राष्ट्रिय फूटबलर मणि शाहको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ।

पित्त थैली र कलेजोको समस्याबाट लामो समयदेखि पीडित ५१ वर्षीय शाहलाई ज्वरोले समातेपछ आइतबार नर्भिक अस्पताल भर्ना गरिएको थियो। श्रद्धाञ्जलीका लागि शाहको शव भोलि ८: ३० मा दशरथ रंगशालामा राखिने भएको छ।

मनाङ मर्स्याङदी क्लबबाट फूटबल खेल्ने शाहले सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। सन् १९९३ मा बंगलादेशको ढाकामा भएको सार्कमा भारतलाई हराउँदै नेपालले एकमात्र स्वर्ण फूटबलमा ल्याउनमा शाहको योगदान रहेको थियो। शाह र म्याराडोनाको जर्सी नम्बर र हेयर स्टायल मिलेकोले नेपाली फूटबलप्रेमीले उनलाई नेपाली म्याराडोनाको उपमा दिएका थिए।