सकियो आइपिएलको लिग चरणका खेल, पञ्जाव हार्दा राजस्थान प्लेअफमा

397

काठमाडौं– इन्डियन प्रिमियर लिगका लिग चरणका खेलहरु सकिएका छन्। आइतबारको लिग चरणको अन्तिम खेलमा चेन्नइले पञ्जाबलाई पराजित गरेको छ।

५ विकेटले चेन्नइ विजयी भएको हो। पञ्जाबले एक सय ५४ रनको लक्ष्य दिएकोमा चेन्नइले १९.१ ओभरमा १ विकेट गुमाएर १ सय ५९ रन बनायो।

 खेल हारेसँगै पञ्जाब बाहिरिएको छ भने राजस्थान प्लेअफमा परेको छ। १४ मध्ये ९ खेल जितेर हैदरावाद पहिलो स्थानमा परेको छ भने दोस्रोमा ९ खेल नै जितेर चेन्नइ छ। कलकत्ता र राजस्थान पनि प्लेअफमा परेका छन्।

पहिलो सेमिफाइनल मंगलबार हैदरावाद र चेन्नइबीच हुने छ। सो खेल जिन्ते सिधैं फाइनलमा जाने छ भने हार्ने टिमले कलकत्ता र राजस्थानबीचको खेलमा विजयी हुने टिमसँग फेरि प्रतिस्पर्धा गर्न पाउनेछ।