कांग्रेसको समाजवाद र कम्युनिष्टको समाजवाद फरक
समाजवाद अध्ययन केन्द्रद्वारा ह्विल चियर प्रदान
भक्तपुर ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस कमजोर नभएको बताएका छन् ।समाजवाद अध्ययन केन्द्र भक्तपुरद्वारा आयोजित अपा®ता भएकाहरुको लागि सहयोगि सामग्री हस्तान्तरण कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर नभएको बताएका हुन् ।
कांग्रेस सिद्दान्त , ईतिहाँस र कार्यकर्ताका कारण बलियो रहेको उनको तर्क थियो ।
कार्यक्रममा उनले कम्युनिष्टको समाजवाद र कम्युनिष्टको समाजवादबीच आकास जमिनको फरक रहेका बताए । कम्युनिष्टको समाजवाद व्यक्तिवादी तर कांग्रेसको समाजवाद सामूहिक भएको उनको तर्क रहेको थियो ।
‘कम्युनिष्ट समाजवादले एक गिलास दूध छ भने सबैलाई बराबरी बाँड्ने भन्छ’, महामन्त्री कोइरालाले भने, ‘तर कांग्रेसको समाजवादले कसरी सय जनालाई नै एक एक गिलास दूधको व्यवस्था गर्ने भन्छ ।’
कांग्रेसको मुख्य लक्ष्य सामाजिक रुपान्तरण भएको उनको जोड थियो ।
फरक प्रसंगमा महामन्त्री कोइरालाले कांगे्रसले संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नेसमेत बताए ।
‘नेपाली कांग्रेस निर्वाचनमा पराजित भए पनि संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा असफल हुँदैन’, उनले भने ।
कार्यक्रममा महामन्त्री कोइरालाले अपांगता भएकाहरुलाई ह्विलचियर, बैशाखी, सेतो लट्ठी, वाल्कर, ट्वाइलेट कुर्सी, झुल वितरण गरेका थिए ।
समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयालका अनुसार अपांगता भएकाहरुमध्ये १७ जनालाई ह्विलचियर, तीनजनालाई बैशाख, ६ जनालाई सेतो लट्ठी, एकएक जनालाई वाल्कर, नेक बेन्डेज र ट्वाइलेट पट तथा एकसय १५ जनालाई झुल प्रदान गरिएको छ ।
अध्यक्ष फुयालले समाजवादका ठूला कुरा गर्नुभन्दा व्यवहार महत्वपूर्ण भएकाले संस्थाले अपांगता भएकाहरुको दैनिकी सहज बनाउन सहयोग गर्नु पनि एक प्रकारको समाजवाद नै हो भन्दै उनीहरुको दैनिकी सहजका लागि आफुहरुले सहयोग कार्य थालनी गरेको जानकारी दिए ।
कार्यक्रममा समयले अपंग भएका गायक बुद्दिकृष्ण लामिछानेलाई ह्विल चियर प्रदान गर्दै कलाकार सरिता लामिछानेले समाजका दर्पणका रुपमा अपा®ता भएका ब्यक्तिहरु रहेका कारण उनीहरुको दैनिकी सहजताका लागि सवैले एक भएर लाग्नु सराहणिय भएका बताईन ।
कार्यक्रममा नेपाली कौग्रेस जिल्ला सभापती दुर्लभ थापा , क्षेत्रिय सभापती जिवन खत्री , चाँगुनारायण नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष राजेश खड्का लगाएतका वक्ताले समाजका दपर्णका रुपमा रहेका अपा®को सम्मान गर्नु नै समाजवादको बाटोमा लम्कनु भएको बताएका थिए ।
नेपालीका लागि नेपाली कै मन भन्ने नाराका साथ समाजवाद अध्ययन केन्द्रले देश भर रहेका अपा®हरुको सहजताका लागि विभिन्न स्थानमा ह्विल चियर छडी लगाएत उनीहरुलाई सहजताका सामग्री वितरण नेपाली दाजुभाई दिदी बहिनीहरुकै सहयोगवाट गर्दै आएको छ ।







































