वालवालिका महासञ्जाल अध्यक्षमा आचार्य

385

काठमाडौ ।
वालवालिकाको हक, अधिकार तथा संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न वाल सञ्जालहरुको पनि महासञ्जाल ‘नेशनल एक्सन एन्ड कोअर्डिनेशन ग्रुप नेपाल (एनएसिजी—नेपाल) को अध्यक्षमा कृष्णचन्द्र आचार्य सर्वसम्मतिबाट छनौट भएका छन् ।
आचार्य वालवालिका सम्वन्धि काम गर्दै आएको संस्थाहरुको सञ्जाल ‘नेशनल एलाइन्स फर चाइल्ड प्रोटेक्सन’ का अध्यक्ष हुन ।
यसैगरि महासञ्जालको उपाध्यक्षमा बेनुमाया गुरुंग एलाइन्स अगेन्स्ट ट्राफिकिंग ओमेन एण्ड चाइल्ड इन नेपाल—(एएटिडब्ल्युआइएन) की प्रतिनिधि हुन ।
महासञ्जालको ३ सदस्यीय कार्यसमिति दुईवर्षका लागि छनौट गरिएको हो ।
यसअघि महासञ्जालका अध्यक्ष रहेका रविन नेपाली निवर्तमान अध्यक्ष बनेका छन् । नेपाली एसओएस वालग्रामद्धारा स्थापित वालगृहहरुको सञ्जाल अर्थात चाइल्डकेयर होम नेटवर्क (सिनेट)का महासचिव हुन ।
वालअधिकारका क्षेत्रमा काम गर्दै आएका विभिन्न ९ वटा राष्ट्रियस्तरको सञ्जालहरुबाट २ वर्षअघि सो महासञ्जाल गठन गरिएको महासञ्जालका निवर्तमान अध्यक्ष रविन नेपालीले बताए ।
वालवालिकाविरुद्ध हुने हिंसा, वेचविखन, दुव्र्यवहार, शिक्षालगायत उनीहरुको अधिकारका क्षेत्रमा काम गर्ने नागरिक समाजको तर्फबाट सो महासञ्जाल स्थापना गरिने बताइन्छ । दक्षिण एशियाका ८ वटै मुलुकमा यस्तो महासञ्जाल भएको र यसले सरकार, नागरिक समाज र विकास साझेदार अर्थात अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसंग समन्वयकारीको भूमिका निभाउने पनि निर्वतमान अध्यक्ष नेपालीले बताए ।