वालवालिकालाई फिड नेपालको शैक्षिक सामाग्री

1691

काठमाडौं ।
आर्थिक अभावका कारण न विद्यालय जान नसकेका र विचैमा पढाई छोडेका न्यून आय भएका अभिभावकका छोराछोरीलाई फिड नेपाल संस्थाले स्कुल व्यागसहित शैक्षिक सामाग्री प्रदान गरेको छ ।
संस्थाकी अध्यक्ष आयुषा जोन्छेका अनुसार काभ्रेको बनेपास्थित बनेपा प्रावि र भक्तपुरका श्रीपद्म स्कूल, नविन प्राविका साथै सुस्तःमनस्थिति कल्याण स्कुलका ५ सय वालवालिकालाई संस्थाका संरक्षक रोमन शिलाकारले ती सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा शिलाकारले आफ्नो तर्फबाट फिड नेपाललाई एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे । कार्यक्रममा ५० जना जेष्ठ नागरिकलाई झुल पनि प्रदान गरिएको थियो ।