औद्योगिक विकास भएमात्रै देश विकास सम्भव

348

काठमाडौं ।
नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार बनाउनका लागि औद्योगिक विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
साना तथा मझौला व्यवसायी महासंघ नेपाल तथा प्राइम कमर्शियल बैंक लिमिटेडको संयुक्त आयोजनामा सांगामा आयोजित तीनदिने दिगो उद्यमको लागि गुणस्तरिय लप्सीजन्य उत्पादन विषयक प्रशिक्षणका अवसरमा देश विकास तथा आर्थिक उपार्जनका लागि औद्योगिक विकासमा जोड दिइएको हो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुधन प्रसाद पुडासैनीले लप्सीजन्य उत्पादन तथा प्रवद्र्धनको लागि विभागले गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
महानिर्देशक पुडासैनीले यसप्रकारका उद्योगलाई सरकारको तर्फवाट ऋण समेत उपलब्ध गराउने भएकाले आवश्यकता अनुसार भरपुर प्रयोग गर्न आग्रह पनि गरे ।
त्यस्तै कार्यक्रममा प्राइम कमर्शियल वैंकका कर्जा प्रमुख अनन्त चापागाईले व्यवसायीलाई व्यवसाय र उत्पादनको आधारमा कर्जा प्रवाह तथा छुटको व्यवस्था गर्ने पनि बताए ।
साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनले व्यवसायीहरुलाई निरन्तर रुपमा व्यवहारमुखी शिक्षा, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरु संचालन गरिरहने बताए ।
कार्यक्रममा महासंघकी प्रथम उपाध्यक्ष इनु पौडेल, केन्द्रिय सदस्य रविन थापा, कुलबहादुर काफ्ले, सहभागीको तर्फवाट पूर्ण कुमार कर्माचार्य, नारायणदेवी सैंजु श्रेष्ठ, प्रविधि विज्ञ सिद्धीबहादुर जोशी लगायतले लप्सी उत्पादनको वारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।