भक्तपुर । युवा गायक श्रीहरि दाहालको माया त उहि हो युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेल निवासी दाहालको माया त उहि हो बोलको गीत असार २२ गते युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
प्रकास क्षेणिकको शव्द , भानुभक्त ढकालको संगीत , गोपाल रसैलीको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्वर भने स्वयम् श्रीहरि दाहाल एकलको रहेको छ । डोरेमी रेकडीङ स्टुडियोमा रेकड गरिएको उक्त गीत जीनीयस मिउजिक प्रालीमार्फत युट्युव च्यानलमा सार्वजनिक गरिएका हो ।
गोदावरी र कौसलटारमा छायाँङकन गरिएको उक्त गीतको मिउजिक भिडियोमा भने लक्ष्मण रोक्का , सुवेक्षा थापा ,लोमस शर्मा , सुमन थापा लगाएतका कलाकारले मोडलिङ गरेका छन् । यस्तै उक्त मिउजिक भिडियोको निर्देशन रमेश पाठकले गरेका हुन् ।
मिठो स्वरका धनी दाहालको यो पाँचौं गीत हो । चलचित्र साथ साथमा स्वर दिइ सकेका दाहालको अन्य पाँच वटा गीत बजारमा आउने तयारीमा रहेका छन् ।
बुवा कमल प्रशाद दाहाल र आमा राधा देवि दाहालको कोखबाट जन्मेका गायक श्रीहरि सानै उमेर देखि गीत संगीतमा चाख राख्दै आउनुभएको छ । सांगीतिक दुनियाँमा माया तिमीलाई बोलको मेलोडी गीतबाट करियर सुरुवात गर्नुभएका गायक दाहालले छिटै नै आफ्नो गीतहरुको कलेक्सन एल्वम निकाल्ने तयारीमा रहनुभएको छ ।
माया त उहि हो गीतको भिडियो