महिलाहरुले धुमधामसँग मनाउने पर्व तिज आउँन लगभग अझै दुई महिना बाँकी छ । तर गायक गायिकाले तिजलाई मध्यनगर गरेर ल्याउने संगीतिक कोसेलीले भने बजार तताउन थालिसकेका छन् ।यस्तैमा गायिका एलिना खनाल ले पनि तिजलाई मध्यनजर गरे नयाँ गीत सार्वजनिक गरेकी छन् ।
गायिका खनाल ले मुख चुचो पार बोलको तिज गीत ल्याएकी हुन् । उनलाई यो गीतमा चर्चित गायक तथा सर्जक गणेश अधिकारीले गायनमा साथ दिएका छन् । गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा अभिनेत्री तथा मोडल सुजन कोइराला र बोल माया गीत कि चर्चित मोडल अन्जली अधिकारिको अभिनय रहेको छ ।
फिल्मी पारामा कमेडी शैलीमा निर्माण गरिएको भिडियो निकै रमाइलो रहेको छ ।गणेश अधिकारिको शब्द रसङगीत रहेको गीतको भिडियो निर्देशन स्मृति तिमिल्सिनाको रहेको छ ।
केही फरक शैलीको गीत पस्कन रुचाउने गायिका खनालले यो गीत कमेडी शैलीमा ल्याएकी हुन् । देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दिदी बैहिनीहरुमा नजिकिदै गरेको महान चाड तिजका लागि कोसेली स्वरुप यो गीत आफुले ल्याएको गायिका खनालले बताइन् । ‘गीतको सबैले तारिफ गरेका छन्’ गायिका एलिनाले भनिन् ‘मलाई बिस्वास छ बजार पनि तताउन सफल हुनेछ ।