भक्तपुर । सर्ने रोग भन्दा नसर्ने रोगबाट मानिसको मृत्युदर बढदो रहेको सरोकारवालाहरुको ठम्याई रहेको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्वर ८ सिपाडोलमा आयोजित स्वास्थ्य प्रति जिम्मेवार समृद्घिको
आधार मेरो बर्ष अभियान सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सम्बन्धि सरोकारवालाहरुले सर्ने रोग भन्दा नसर्ने रोगबाट मानिसको मृत्युदर बढ्दो रहेको बताएका हुन् । कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उप मेयर जुना बस्नेतले समाज विकास सँग सँगै सर्ने रोगको पनि कमि आएपनि नसर्ने रोगबाट भने मानिसको मृत्युदर बढनु भयाबह
भएको बताईन् । हाल सरकारले विभिन्न नसर्ने रोगको उपचारकालागि सहयोग उपलब्ध गराउँदै आएको भएपनि यस्ता रोगको रोकथाम र न्यूनिकरणका लागि सरकार उदासिन हुनुवाट धेरै नेपाली नसर्ने रोगबाट
पीडित भएको बताईन ।
नसर्ने रोगका सवालमा स्थानिय निकाय देखि सरकार सम्म सचेत हुनु पर्ने स्वस्थ खानपान एवं खानेपानी लगाएत अन्यको सम्वन्धमा जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने अवश्य भएको बताईन् ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ की कार्यवाहक वडा अध्यक्ष तारा बस्नेतले नसर्ने रोगका सवालमा जनचेतना अभिवृद्घि गर्नुपर्नेमा जोड दिईन् ।
यस्तै कार्यक्रममा स्वास्थ्य पत्रकार एवं कार्यक्रमका अभियन्ता उद्धव भेटवालले नसर्ने रोगको बर्तमान अवस्था र यस बाट
समाजमा परी रहको असरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले हाल नेपाल भर नै नसर्ने रोगबाट सर्ने रोगबाट भन्दा बढि मानिसको मृत्यु भई रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानिय वडाका महिला स्वयमसेविका स्वस्थ्य चौकीका ईन्चार्ज एवं स्वास्थ्य अभियन्ताहरुले हाल सरकारले नसर्ने रोगहरु जस्तै मृगौला पीडित, क्यान्सर आदि रोगको उपचारमा सहुलियत दिएपनि यसको समस्या भने दिन प्रतिदिन बढ्दो रहेको जनाएका थिए । हाल नसर्ने रोग भन्नाले दम , रक्तचाप , मधुमेय , क्यान्सर , मृगौला कलेजो फोक्सो आदिमा देखिने समस्या , मुटुरोग , हेपाटाईटीस
आदि रहेका छन् ।







































