अविरलले वर्षा सँगै आएको बाढिले भक्तपुरको जनजीवन प्रभावित , पहिरोले तीनको मृत्यु, करोडौंको नोक्सानी (फोटो फिचर)

1289

सञ्जीब दुलाल
भक्तपुर । बुधबार दिउसो देखि परेको अविरल वर्षाले भक्तपुरको जनजीवन प्रभावित भएको छ । करिव १८ घण्टा लगातार परेको बर्षासँगै आएको बाढी र पहिरोका कारण भक्तपुरबासीको जनजीवन प्रभावित भएको हो ।

सल्लाघारीमा बगाएको काठ मिल

बर्षाका कारण गएको पहिरोले पुरिएर तीन जनाको ज्यान गएको छ भने करोडौंको नोक्सानी भएको छ । वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले टहरा पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

बाडिको क्षती अवलोकन गर्दै भनपाकी उपमेयर

मृत्यु हुनेमा ७० वर्षिय हिरा लामा, ६५ वर्षिया पानमाया लामा र साँढे दुई वर्षिया सम्पदा लामा रहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत एवम् प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

बाढिमा फसेकाको डुँगाबाट उद्दार गरिदै

अविरल वर्षाले सूर्यविनायक नगरपालिका आशापुरीमा एक घर भत्किएको छ । त्यसैगरी बाढी पहिरो र डुवानमा परेका एक सय भन्दा बढीको उद्धार गरिएको र उद्धारका थप कार्य भईरहेको उनले बताए ।

बाढिमा फसेकाको क्रेनबाट उद्दार गरिदै

चाँगुनारायण नगरपालिका वडा नम्वर ५ ,६ ,७,८र ९ यस्तै सुर्यविनायक नगरपालिकाको ६,७,८,९र १० वडामा परेको अविरल वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरी देखी दक्षिण पश्चिम मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीसम्मको भू भाग डुवानमा परेको छ ।

बाढिमा फसेकाको क्रेनबाट उद्दार गरिदै

हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धी स्मृती बाल अस्पताल, राममन्दिर, सल्लाघारीस्थित डा. युवामुरा अस्पताल, मध्यपुर थिमिस्थित मध्यपुर थिमि अस्पताल समेत जलमग्न भएको छ ।

सिद्दि अस्पतालको फार्मेसी

खस्याङ खुसुङ खोलामा आएको बाढीले मध्यपुर थिमिको राधे राधे, निकोसेरा क्षेत्र डुवानमा पर्दा सयौं परिवार विस्थापित भएका थिए । राती देखी डुवानमा उक्त क्षेत्र पर्न थालेपछि उद्धारको लागि स्थानिय बासिन्दा प्रहरी उद्दार कार्यमा लागेको थियो ।

सिद्दि अस्पतालको इमरजेन्सी बाहिर निकालिएको

त्यसैगरी हनुमन्ते खोलामा आएको बाढीले हनुमान घाटका दुई पुल , राममन्दिर, बाराहिस्थान, सल्लाघारी, ददिकोट जानेबाटोमा रहेका तीन पुल लगाएत अन्य पुलहरु खतरामा परेका छन् । बाढीका कारण जगाती देखी थिमिको राधेरोधेसम्मको सडक अवरुद्ध भएको थियो भने पुरानोबाटो मा निकोसेरामा पनि घण्टौं सम्म यातायात अवरुद्द भएको थियो ।

विद्यालय डुवानमा

यस्तै बर्षाका कारण भक्तपुरका अधिकाँस विद्यालय बन्द गरिएका छन् । यस्तै गिल्टर फिउचर स्कुल, ग्लोरी , शान्ति निकेतन, अक्फोर्ड , सिवर्ड , हिमालयन एकेडेमी , एसएस , चाण्डक्य , राजर्शि गुरुकुल लगाएतका विद्यालय डुवानमा परेका थिए ।


भक्तपुरका हजारौं रोपनी जमिनमा लगाएको बाली नस्ट
अविरल परेको बर्षा संगै आएको बाडीका कारण हजारौं रोपनी जमिनमा लगाएको बाली नस्ट भएको छ । चाँगुनारायण नगरपालिकाका ताथली , सुडाल, बागिश्वरी , छालिङ, भक्तपुर नगरपालिकाको लिवाली , हनुमन्ते खोला किनारका खेतहरु , खस्याङखुसुङ खोला किनारमा अवस्थीत ब्यासी , सल्लाघारी , निकोसेरा , थिमी , कौसलटार लोकन्थली , सुन्दर नगर ,सागबारी लगाएतका स्थानमा लगाएको घन, नगदेवाली(काँक्रा , सिमी ,बोडी , खुर्सानी, धनियाँ , स्कुस, गाँजर , साग ) लगाएत बालि नाली नस्ट भएको छ । बाढिका कारण के कति बाली नस्ट भयो भनी जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पुर्ण ढुंगानलाई सोध्दा उनले आफुलाई भक्तपुरमा बाढि आएको त थाहा भएको तर के कति क्षति भयो भन्ने बिवरण भने आफु सँग नभएको उनले बताईन् ।

यस्तै बाढिले खोला किनारमा पालिएका थिमी चारडोबाटोमा ३५ बटा बंगुर,गाई, कुखुरा लगाएत का पशुहरु समेत बगाएको छ ।
बर्षाका कारण भक्तपुरमा खानेपानीको समस्या देखिएको छ ।