भक्तपुर । हनुमन्ते खोलाको विताण्डको सिकार भएका किनार बासी अझै पनि बाढीको त्रासमा रहेको छन् । दिन भर आकास खुल्ला भएपनि रात पर्न लागेपछि देखिएको बादलबाट हनुमन्ते किनारबासी त्रसित भएका हुन् ।
एक्कासी आएको बाढीले आफ्नो घरबार नै डुवाएका हनुमन्ते किनार बासीले पुरै रात अनिदामै बिताएको सुनाउँछन् ।
भक्तपुर नगरपालिकाको हनुमानघाट, बाराही ,राममन्दिर सिर्जनानगर, सल्लाघारी, मध्यपुरथिमि नगरपालिकाको कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र , सागबारी निकोसेरा, बालकोट, कौशल्टार लगाएत डुबान बस्तीका पीडित आकास हेर्दै दिन विताएका छन् । साँझ पख देखिएको बादलका कारण आफुहरुको सात्तो गएको बाराहीका स्थानिय दिनेश घटुवा बताउँछन् । आकास हेर्दा रातमा पानी आउला जस्तो छ हिजोको रात बिना ओछ्यान भुँईमा विताएका थियौ आज के हुने हो भनी डर लागि रहेको छ उनले सुनाए ।
भुकम्प पछि टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकामध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्न हिलोमा परेपछि उनीहरुको विचल्ली अलगै रहेको छ । भन्ने वित्तीकै कतै कोठा पाउन सकिन्न भएको छाप्रो बगायो अव के गर्ने भन्दा भन्दै हिजोको रात वित्यो आज नजिकैको छिमेकीकोमा बस्ने बन्दोबस्त गरेको अधिकाँस पीडितको भनाई थियो ।
डुवान क्षेत्रमा पक्की घर भएकाहरुमध्ये भुइँतलामा बस्नेहरु र एक तल्ले घर हुनेको अवस्था पनि उस्तै रहेको छ । अझ उनीहरुको त झन विचल्ली भएको छ खाने कुरा देखि आछ्यान सम्म भिजेको छ कोठामा एक फिट सम्म हिलो जमेका कारण उनीहरु दिन भर हिलो निकाल्न नै ब्यस्त रहेको राधेराधे निवासी एसोधा सिवाकोटी बताउँछिन् भाडामा अरुको घरमा बसेका छौ घर डुवेर सव बर्वाद भयो अव कहाँ जाने काममा जान पनि सकेको छैन उनले गुनासो गरिन । हिजो दिन भर त्रासमा बसियो आज केवल चाउचाउको भरमा छौं राती पनि यस्तै पानी आउने भहो की भन्ने डर रहेको उनी सुनाउँछिन् ।
खानेपानीको वितरण
मध्यपुरथिमि नगरपालिकाको पहलमा खानेपानी मन्त्रालयको निर्देशनअनुसार मध्यपुर थिमिको डुबान क्षेत्रमा आजदेखि खानेपानी वितरण सुरु भएको छ । मध्यपुरथिमिको टोल टोलमा १८ वटा ट्याङ्करबाट खानेपानी वितरण सुरु गरिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । यस्तै भक्तपुर नगरमा पनि खानेपानी वितरण सुरु गरिएको मेयर सुनिल प्रजापतीले जानकारी दिए । हामी अव कसरी फेरी बाढीको चपेटमा जनता नपरुन भनी अध्ययन समेत गरि रहेको उनको भनाई थियो ।
मनोहरा किनार सुकुम्बासी बस्तीमा पाँच घर डुवान
मनोहरा किनार सुकुम्बासी किनारमा पाँच घर डुवानमा हाल सम्म पनि रहेको प्रगती नगर समग्र विकास सहयोग समिति अध्यक्ष सैलेस श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बस्ती हाल सम्म सुरक्षित रहेपनि रात परेपछि के हुने हो भन्ने विषयमा भने सवै त्रसित नै रहेको छ । ५ घर हाल सम्म पनि डुवानमा नै रहेको र डुवी रहेको घरहरुका बासिन्दा र सर सामानको सुरक्षाका लागि स्काई भेटर डोजर लगाएर उद्दार गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभाये । बाढी पीडितको विवरण जिल्ला प्रसाशन कार्यालयले टिपेर लगेको भएपनि हाल सम्म कुनै राहत भने कसैले पनि नपाएको उहाँको गुनासो रहेको थियो ।







































