ब्यवसायिक खेती गर्न सिड मनी
भक्तपुर । पाठेघरको मुखको क्यान्सर भएकी एचआईभी संक्रमित महिलालाई उपचार गर्न ७१ हजार नौसय ९० रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनस्थापना केन्द्रले ४७ वर्षीया एचआईभी संक्रमित महिलालाई उपचारमा सहयोग होस् भनी रकम हस्तान्तरण गरेको हो ।
क्यान्सर उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएकी उनलाई राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) तथा राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीप्लसएन) को लक्षित समूह कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको हो ।
सुरुवातका कार्यक्रम संयोजक पन्नोश शर्माले उनलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै आफ्नो संस्थाले भक्तपुरमा एचआईभीको लागि जुन सुकै कार्य पनि गर्न तयार रहेको जनाएका छन् । सुरुवातले एचआईभी संक्रमितको लागि उपचार तथा पुनःस्थापनासँगै आयआर्जनको लागि काम गर्दै आएको छ , संक्रमितको आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर उपचार गर्न उक्त सहयोग गरिएको उनले जानकारी दिए ।
आत्म निर्भर बनाउन ए एच् एफको सहयोगमा सिड मनी
व्यवसायिक गोलभेंडा खेती गर्दैआएकी कास्कीको पोखराकी एक संक्रमित महिलालाई यस वर्ष १५ हजार बीऊ पुँजी (सिड मनी) सहयोग गरिसकिएको छ । ए एच् एफ नेपाल को सहयोगमा एचआईभी संक्रमितको औषधोपचार र पुनःस्थापना सँगैसँगै उनीहरुको आयआर्जनको लागि आधुनिक गोलभेंडा खेती गर्दै आएको संस्थाले हाल नयाँ कार्यक्रम अन्र्तगत सिड मनी हस्तान्तरण गरेको संस्थाका अध्यक्ष राजेश दिदियाले जानकारी दिए ,।
‘देशभरका संक्रमितलाई संस्थाले संचालनमा ल्याएको फार्ममा तालिम दिँदै आएका छौं । तालिमबाट व्यवसायिक खेती गर्नेहरुलाई बीउ पूँजीसमेत उपलब्ध गराउँदै आएका छौं । उनले भने ।
संक्रमितलाई आर्थिक उपार्जनमा सहज वातावरण बनाउने र आत्म निर्भर बनाउनु नै संस्थाको मुख्य लक्ष्य भएको उनले जानकारी दिए ।