हरियाली प्रवद्र्धनमा टेवा पुर्याउने समूह र व्यक्ति सम्मानित

1250

० हरिसुन्दर छुकां
भक्तपुर। हरियाली प्रवद्र्धन गर्ने काममा सक्रियता देखाइरहेका जिल्लाका सामुदायिक वन उपभोक्ता समूह र निजि वन धनीलाई सम्मान गरिएको छ ।
जिल्ला बन कार्यालय भक्तपुरले भक्तपुरका विभिन्न ठाउँमा रहेका चार सामुदायिक वन उपभोक्ता समूह र एक निजि वन धनीलाई सोमबार सम्मानित गरेको हो ।
जिल्ला बन कार्यालयका वन अधिकृत फनिन्द्रप्रसाद पोखरेलले जिल्लास्थित सामुदायिक वन उपभोक्ता समूहहरुमध्ये सिपाडोलको हरियाली वन उपभोक्ता समूह, चाँगुनारायण नपा वडा नं. ४ को चाँगुनारायण वन उपभोक्ता समूह, नगरकोटको कालिका वहाल वन उपभोक्ता समूह र सूर्यविनायक नपाको वीरसिंगे सामुदायिक वन उपभोक्ता समूहलाई सम्मानित गरिएको बताए । त्यस्तै जिल्लाका ७ निजि वनमध्ये चाँगुनारायण नपा वडा नं. ९, ताथलीका मदनकृष्ण पन्त खत्री क्षेत्री(विष्णुभक्त केसी) लाई नगदसहित सम्मान गरिएको छ ।
वन उपभोक्ता समूहका प्रतिनीधिहरुलाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रशंसा पत्र वितरण गरेका थिए । सो क्रममा भट्टले वातावरणलाई अनुकूल बनाउन रुख विरुवाले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउँदै वातावरण सन्तुलित बनाउने काममा योगदान दिएका व्यक्ति र समूहलाई गरिएको सम्मानले अझ प्रेरणा मिल्ने बताए ।
उनले भक्तपुरमा पनि विभिन्न ठाउँहरुमा खाली र बाँझो बढ्दै गएकोले ती ठाउँहरुलाई पनि हरियाली बनाउने काममा सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए ।
सम्मान कार्यक्रममा सम्मानित भएका हरियाली वन समूहका अध्यक्ष विकास तामाङ, चाँगुनारायण वनका अध्यक्ष बलबहादुर श्रेष्ठ, कालिका बहाल वनका अध्यक्ष हरिबहादुर तामाङ, वीरसिंगे वनका कोषाध्यक्ष मीना खड्का र निजि वन धनी केसीले आफूहरुले वन प्रवद्र्धँनको क्षेत्रमा गरिरहेको प्रयासबारेमा जानकारी दिएका थिए ।