एभियशन म्युजियममा युरो किड्सका विद्यार्थी

819

 

भक्तपुर ।

हवाइजहाज (प्लेन) के हो ? हेलिकोप्टर हवाई यात्राको कस्तो साधन हो ? यसमा यात्रा गरेर कसरी देशका विभिन्न सुगम र दुर्गम ठाउँमा अनि विदेशमा यात्रा गरिन्छ ? यस्तै यस्तै हवाई यातायातका विभिन्न विषयमा स्थलगत ज्ञान दिन युरो किड्स सल्लाघारीको नर्सरी कक्षाका विद्यार्थीलाई राजधानीको सिनामंगलस्थित एभियशन म्युजियम अर्थात हवाई संग्रहालय अवलोकन गराइएको छ ।

वरिष्ठ क्याप्टेन पाइलट बेद उप्रेतीद्धारा सञ्चालित सो हवाई संग्रहालयमा युरो किड्स सल्लाघारीका ती साना विद्यार्थीले करीव २ घण्टा बिताएर हवाईजहाजबारे धेरै कुरा सिकेको युरो किड्स सल्लाघारी भक्तपुरकी प्रिन्सिपल विनु गोदार थापाले बताउनुभयो ।