पाँच क्यान्सर तथा मृगौला पिडितलाई सहयोग हस्तान्तरण

525

काठमाण्डौं । नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रिय समितिले क्यान्सर तथा मृगौला पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । घेदुङको नयाँ साँस्कृतिक भवन बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ चपली हाइटमा एक कार्यक्रम बिच ५ जना क्यान्सर तथा मृगौला पिडितलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
संस्थाले इजरायल घेदुङबाट विरामीको उपचारमा सहयोग स्वरुप उपलब्ध रकम मध्य इलामका समिर गोले तामाङलाई एक लाख , नुवाकोटका सुनिल घलेलाई ८० हजार , मकवानपुरका अमिन तामाङलाई ८० हजार , धादिङका पासाङ नोर्वु तामाङलाई ८० हजार र नुवाकोटका गणेश तामाङलाई ८० हजार गरि सहयोग स्वारुप रकम हस्तान्तरण गरेको हो ।
उपचारको लागि सहयोग रकम हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि देव कुमार लामाले हाल आएर आमा बाबुको स्वास्थ्यको जाँच नहुँदा सानासाना नानीहरुलाई पनि जटिल रोग लागेको बताउनुभयो । उहाँले रोग लागेका मानिसको जीबन रक्षा गर्नु आफुहरुको कर्तब्य भएका कारण जो कोहिलाई पनि सहयोग गर्न आफुहरु सधैव तत्पर रहेने बताउनुभयो ।
यस्तै कार्यक्रममा विशेष अतिथि पूर्व उद्योग राज्य मन्त्री रेशम लामाले हाल समाजमा ब्याप्त विभिन्न रोगहरुको तथा विरामीको उपचारका लागि सवैले एक जुट हुनु पर्ने बताउनुभयो । आगामी दिनमा राज्यले नै यस्ता रोगको सवालमा निशुल्क उपचारको ब्यवस्था गर्नू पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले हाल समाजमा कुनै विरामीले अथाहा पैसा संकलन गर्न सफल भएको तर कोहि भने रोगको उपचार समेत गर्न नसकेर मर्ने अवस्थामा पुगेको बताउँदै यसको उचित ब्यवस्थापनमा अव सम्पूर्ण समाज लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विरामीको सहयोग गर्नुका साथै हालै सह अनुसन्धान निर्देशकमा बढुवा हुनु भएका इन्द्र लामालाई सम्मान तथा बधाई ज्ञापन समेत भएको थियो ।
कार्यक्रमको सभापतीत्व गरि रहनु भएका वीर वहादुर योञ्जनले संस्थाको साँस्कृतिक भवन निर्माण संग संगै समूदायमा भएका विरामीको उपचारमा सहयोग गर्नुहुने सहयोगीमनहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनुभयो ।