भक्तपुर । १५ बर्ष अधि घर बनाउने क्रममा छतबाट लाडेर आफ्नो आधा अंग नचल्ने भएका हरिगोपाल ब्याञ्जू हाल ओछ्यायनमा नै रहेका छन् । सुर्यविनायक नगरपालिका वडा नम्वर ९ नंखेलको ब्याञ्जू टोलमा बस्दै आएका उनी १५ बर्ष देखि शौचालय सम्म पनि जान सक्दैनन् ।
दुःख माथी दुःख भने जस्तै हाल उनकी धर्म पत्नी पनि क्यान्सरबाट पीडित हुँदा उनीहरुलाई हाल हात मुख जोर्न नै मुस्किल भएको छ ।

७३ बर्षकी आमाले कतैबाट जोह गरेको खानेकुराले उनीहरुको जीविकोपार्जन चल्दै आएको छ ।
ब्याञ्जू १५ बर्ष देखि ओछ्यानमा नै रहेका छन् कमाउने एक मात्र पुरुष त्या पनि अपांग भएर लामो समय देखि ओछ्यानमा रहेका उनकी श्रीमतीलाई पनि हाल क्यान्सर भएपछि उनीहरुको विजोक भएको छ ।
न्यून आर्थिक अवस्था रहेका उनीहरु उपचार गराउन त परै जावर खान सम्म पनि धौधौ रहेको उनका छर छिमेक बताउँछन् ।

७३ बर्षीया ब्याञ्जूकी आमा
आर्थिक अवस्था न्यून भएका उनीहरु हाल सहयोगी मनको पर्खाईमा रहेका छन् ।
आफुत विगत लामो समय देखि पिडामा छदैं थिए सकुसल रहेकी आफ्नी श्रीमती पनि क्यान्सरका कारण थला परेपछि आफु मर्नु न बाँच्नु भएको ब्याञ्जू बताउँछन् । घरमा कमाउने कोहि छैन औषधी उपचारमा त परै जावस आफुहरुको दुई छाक टार्न समेत धौ धौ भएको उनी गहभरी आँसु पार्दै सुनाउँछन् । १५ बर्ष अगि घर बनाउने ठेक्का पट्टाको काम गर्ने ब्याञ्जू हाल कम्वर भन्दा तलको भाग चलाउन सक्दैनन् । उनको कम्वर तलको भाग हाल सुकेर गएको छ ।
मानव धर्मले भन्छ दिन दुखीको सहयोग गर्नु उनी जस्ता दिन दुखीको सहयोग गरेका खण्डमा अर्को लोकमा पनि पुञ्य प्रप्त हुन्छ । यसैले सहयोगी मनहरुमा ब्याञ्जूको नमन रहेको छ हामीलाई बचाउनुहोस् ।