नेपाल इन्जिनियरिङ कलेजकी छात्रालाई अमेरिकामा सफलता

2568

काठमाडौं । एकजना नेपाली छात्रा अमेरिकामा हालै सम्पन्न अन्तरराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तरगतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेश्रो वर्षमा अध्ययनरत विद्यार्थी सुश्री एदा रिजाल यो सफलता हासिल गर्न सफल भएकी हुन् ।

अन्य दुईजना साथीहरूको टिमले अन्तरराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तरगतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हासिल गरी उनीहरुले अमेरिकी डलर १५ हजारसमेत हात पारेका छन् ।
नेपाल इन्जिनियरिंग कलेज चाँगुनारायण भक्तपुरका  ती विद्यार्थीले उक्त प्रतियोगितामा नेपालको मात्र नभई दक्षिण पूर्व एसिया क्षेत्रको नै प्रतिनिधित्व गरेका थिए ।

मलेसियामा भएको क्षेत्रीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि विश्वस्तरको उक्त प्रतियोगितामा भाग लिने मौका ती नेपाली विद्यार्थीहरूले पाएका  थिए।
प्रतियोगितामा विभिन्न देशका ४९ टिमले भाग लिएको जनाइएको छ ।