भारतको कानपुर जाँदै बेबिलोनका विद्यार्थी

2053

 

काठमाडौं । बेलायती सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट २ पटक अन्तर्राष्ट्रिय स्कुल (इन्टरनेशनल स्कुल एवार्ड, आइएसए २०१५—२०२०) जितेको बेबिलोन नेशनल स्कुल शान्तिनगरका १२ विद्यार्थीसहित १७ जना सदस्यीय शिक्षक र विद्यार्थी टोली शैक्षिक आदानप्रदानको लागि अर्काे हप्ता भारतको कानपुर जाने भएका छन् ।

एलेन हाउस पब्लिक स्कुल कानपुरमा अर्काे हप्तादेखि आयोजना हुन लागेको ‘एरुडाइट लिटररी फिस्ट’ मा भाग लिन बेबिलोन नेशनल स्कुलका संस्थापक प्रिन्सिपल राजु राईको नेतृत्वमा जान लागेको सो टोलीमा बेबिलोन स्कुलको आइएसए कोअर्डिनेटर अनिता सिग्देल, अतिरिक्त कृयाकलाप संयोजक डा. श्रीनिवास माधवन, शिक्षिका मञ्जु बमजन र प्रकाश राई छन ।

टोलीमा सहभागिता विद्यार्थीहरुमा ८ र ९ कक्षाका १२ विद्यार्थी छन । जसअनुसार प्रेरणा राई, प्रज्वल पोखरेल, पवन चौधरी, अभिनव रौनियार, कृतिका तामांग, केन्नी तामांग, युनिसा भण्डारी, अविशा राई, निया राई, जेसिका राई, डोल्मा तामांग र स्वस्तिका न्यौपाने छन ।

इन्टरनेशनल स्कुल एवार्ड अन्र्तगत बेबिलोन स्कुलले भारतको एलेन हाउस पब्लिक स्कुल कानपुरसंग सहकार्य गर्दै आएको छ भने, भारतका अन्य शहरका विद्यालयको साथै श्रीलंका, बंगलादेश र मोरोक्कोको विद्यालयसंग पनि सहकार्य गर्दै आएको आइएसए कोअर्डिनेटर अनिता सिग्देलले बताइन ।