भक्तपुर । चाँगुनारायणमा बोल ॐ यात्रा सम्पन्न भएको छ । नेपालको पहिलो बोल ॐ यात्रा चाँगुनारायण नगर परिक्रमा गर्दै सम्पन्न भएको हो । श्रावणे सोमवारको अवसर पारेर हिन्दु धर्मावलम्बीले नेपालमा पहिलो पटक भक्तपुरको चाँगुनारायणमा मनोहरा नदीबाट पबित्र गंगाको बिधिवत आराधना गरि नगरकोटमा रहेको रत्नचुडेस्वर महादेव मन्दिरमा जलार्पण गर्दै बोल ॐ यात्रा गरिएको हो ।
समाजवाद अध्ययन केन्द्र र महिला जागरणको संयुक्त आयोजनाम भएको उक्त बोल ॐ पदयात्रामा स्थानीयले सहभागीता जनाउँदै मनोहराबाट जल लिएर बाटोमा पर्ने कलमसीको कल्पेस्वर महादेवको दर्शन गरि रत्नचुडेस्वर महादेवको मन्दिर र पोखरीमा मनोहरा गंगाको जल चढाएर नयाँ धार्मिक पदमार्गको थालनी गरेका छन् ।
समुद्र सतह बाट सरदर १२०० मिटर बाट जल लिएर समुद्र सतहबाट २१९१ मिटर उचाईमा रहेको रत्नचुडेस्वर मन्दिरमा यो पहिलो पटक बोल ॐ यात्रा गरिएको आयोजक संस्था समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले जनाउनुभयो । यो थालनी हो आगामी बर्षमा अझ ब्यवस्थित तवरबाट यात्रा गर्दै अन्य अन्तरिक पर्यटक तथा विदेशी पर्यटकको आर्कषणको थलो एवं यात्राका रुपमा विकास गर्न आफूहरु लागि पर्ने उहाँले जनाउनुभएको छ । केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले संस्थाको सामाजिक उदेश्य पूरा गर्न महिला जागरण संस्थालाइ सहयात्री बनाएर समाजमा समुहको , समुदायको सहयात्रामा कार्य गरेको भन्दै सहयात्री संस्थाप्रती आभार ब्यक्त गर्नु भयो ।
महिला जागरण संस्थाकी अध्यक्ष सरु बानियाँले आफुले स्थानीय भक्तजनलाई नयाँ ठाउको नयाँ शैलीमा नयाँ बोल ॐ लुगा नै लगाएर यात्रा गराउन पाउँदा खुशि लागेको बताउनु भयो ।
ॐ अर्थात अ उ र म ब्रम्हा बिष्णु र महेश्वर त्रिदेवलाई पुकार्न बोल ॐ यात्रा गरिएको र मन्डपगिरी नामले प्रख्यात नगरकोटमा यात्राको गन्तव्य बनाउनुमा चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेका पुरातात्त्वक स्थानको अध्ययन गर्नु अबलोकन गर्नु नै हो । महादेव पोखरी नामले प्रसिद्ध रत्नचुडेस्वर मन्दिरको पुजामा लगातार शंख ध्वनी र डमरु बजाएर शिबजीको रुद्राभिस्वेक मन्त्र बाचन गर्दै जलार्पण गरिएको श्राबणी मेलामा आउने भक्तजनले यो नयाँ पुजा विधि भएको बताए । बेदको मन्त्रद्वारा शिवजि खुशि हुने र बोल ॐ भन्दा ब्रम्हा बिष्णु र महेश्वर नै खुशि हुने हुँदा आगामी दिनमा पशुपतिनाथ लगायत डोलेस्वर महादेवमा समेत बोल ॐ यात्रा गरिने आयोजक संस्थाले जनाएको छ । हामी बोल ॐ जस्तो हल्लिखल्लि होइन , शान्त र भब्य बोल ॐ यात्रा नेपालमा स्थापित गराउछौं आयोजक अध्यक्ष द्वय फुयाल र बानियाँले बताउनु भयो ।
स्थानीय दामोदर सुवेदीले बोल ॐ यात्राले यहाँको पौराणिक र सनातनी हिन्दुहरुको पबित्र स्थल रत्नचुडेस्वर महादेवको स्थानीय बिचनै महत्व बढ्ने बताउनु भयो । यहाँ आज सम्म बोल ॐ यात्रा भएको यो पहिलो पटक हो भन्दै आफू पनि यात्रा गर्न पाउँदा खुशी भएको बताउनु भयो ।
बोल ॐ यात्रा केवल यात्राका ला िमात्र नभएर रत्नागिरी पर्वतमालाको चिनारीको रुपमा पनि रहने समाजवाद अध्ययन केन्द्रका सचिब रोशन तिमिल्सिनाले बताउनु भयो । बोल ॐ यात्रा हरेक बर्ष श्रावणी मेलाका अवसमा गरिने संस्थाको योजना रहेको सचिब तिमिल्सिनाले बताउनु भयो ।
बोल ॐ यात्राले चाँगुनारायण नगरपालिका भित्र रहेका सम्पूर्ण तिर्थ घटन गर्ने योजना भएपनि दुई दिन देखि परेको अविरल बर्षाका कारण यात्रा सवारी साधनमा नै गर्न बाध्य भएको थियो । मनोहरा खोला देखि रत्नचुडेश्वर महादेव स्थान सम्म पर्ने सम्पुर्ण तिर्थ घटन गर्दै पदयात्रा आगामी दिनमा गर्ने संस्थाले जनाएको छ ।