कहि नभएको जात्रा नेपाल इन्जिनियरिङ कलेजमा

2043

क्यास लिंदै विद्यार्थी लुटिदै, सरोकारवाला मौन
भक्तपुर । नेपालीमा एउटा उखान प्रचलनमा छ कहिँ नभएको जात्रा हाँडिगाउँमा तर यो उखानलाई पनि माथ खुहाउने गरि ब्यवहारमा चरितार्थ भएको छ भक्तपुर चाँगुनारायण नगरपालिकामा अवस्थित नेपाल इन्जिनियरिङ कलेजमा ।
सरकारले कुनै पनि कार्य गर्न एक रुपैंया पनि कारोवार गर्न बैक मार्फत गर्नु पर्दछ भन्छ तर नेकमा भने खुलेयामा विद्याथीलाई छक्काउँदै पैसा कुम्लाउने कार्य भई आएको छ ।
नयाँ भर्ना सिजन सुरु भए सँगै कलेजमा लुट धन्दा सुरु भएको हो ।
नेकमा भर्ना अभियान अन्तर्गत परिक्षा सम्पन्न भई सकेपछि कलेजले विभिन्न पत्रपत्रिका मार्फत विद्यार्थीलाई भर्ना हुन् आउन आग्रह गर्दै भर्ना हुँदा लाग्ने शुल्क कलेजको आफ्नो विभिन्न बैक खातामा जम्मा गर्नुहुन तथा उक्त बैंक जम्मा भौचरको प्रतिलिपि ल्याई भर्ना हुन् सूचना जारि गर्यो । हुन् पनि हो आजको जमाना एक रुपैँया कारोवार गर्न त बैंक मार्फत गरिन्छ यो राम्रो र पार्दशी प्रक्रिया पनि हो । तर पहिलो दिन बैंकमा पैसा जम्मा गर्न आग्रह गरेको उक्त कलेजले भोली पल्ट नै पुन सूचना जारि गर्दै विद्यार्थीलाई बैंकका पैसा जम्मा गरेमा त्यसको जिम्मेवार कलेज हुने छैन् । भर्ना हुन् आउने विद्यार्थीले नगद नै लिएर कलेजमा जम्मा गर्न आग्रह गर्दै अर्को सूचना जारी गर्यो ।
एक रुपैंयाको कारोवार पनि बैंक मार्फत गर्नु पर्ने नियम कानुन भएपनि नेकले भने सयौं विद्यार्थी सँग खुलेयामा जनही चार लाख रुपैयाका दरले रकम असुली गरि सार्वजनिक रुपमा सरकारको खिल्ली उडाएको छ ।
कलेज कब्जा गरि बसेका केहि संचालकहरुले नगद नै लिएर आर्थिक अवचलन अन्य संचालकहरुको भनाई छ ।
कलेजलाई समाजिक संस्थाको रुपमा ब्यख्या गर्दै आउने हरुले नै वित्तिय कारोवारमा वित्तिय संस्थाको प्रयोग नगरी यसरी नगदमा नै कारोवार गर्नु बाट उनीहरुको नियतमा खोट भएको सरोकारवालाहरु बताउँछन् । अघिल्लो पटक पनि यसै गरि वित्तिय संस्थाको प्रयोग बेगर नगद नै उठाएको नेक सँग उक्त समयमा उठेको पैसाको हिसावकिताव छैन् , यसको सम्वन्धमा कुरा गरेमा उनीहरुले विभिन्न बहाना बनाउने गरेको उनीहरुको आरोप समेत रहेको छ ।
कलेजमा आर्थिक अनियमितताको आरोप लगाउँदै आएका हरु ले नै कलेजमा आर्थिक अनियमितता गर्दै आएको र अरुलाई फसाउने काम गर्दै आएको कलेजका एक कर्मचारी बताउँछन् । कलेजमा उठेको पैसा राख्न कलेजमा हाल ठुला ठुला सेपको ब्यवस्था गरिएको छ , नअटेको पैसा पोको पारेर कलेजमा भएका संचालकले घर कुदाउने गरेको उनी बताउँछन् । कलेजमा कति विद्यार्थीले के कति पैसा तिरे त्यसको हिसाव किताव छैन् , वित्तिय संस्थाबाट गर्नु पर्ने कार्य कलेजले नियम विपरित नगदमा नै गरि रहेको छ , यस्तो गलत नियतको संरक्षण गर्नेहरु प्रति आफुलाई लाज लागेको उनी बताउँछन् ।