नेपाल इन्जिनियरिङ कलेज सर्ने कुरा भ्रम मात्र

990

भक्तपुर । दुवाकोटको पहिचानको रुपमा नै रहेको नेपाल इन्जिनियरिङि कलेज सर्दैछ भन्ने भ्रमको खेती भएको प्रति कलेजले आपत्ती जनाएको छ । २०५१ सालमा दुःखको समयमा दुवाकोटको नै विकट स्थानमा स्थापना भएको कलेज आज विभिन्न सुविधाले सम्पन्न भई सकेको आफ्नो थलो छोडेर कहिँ कतै नजाने कलेजले जनाएको छ ।
कलेज सर्दैछ भनी केहि अराजक तत्वले भ्रमको खेती गर्दै आएको प्रति कलेजका संचालक समितिले आपत्ती जनाएका हुन् । कलेज कतै नसर्ने बताउँदै जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत नेकले सवैमा जानकारीको दिएको हो ।
कलेजमा हाल नेक सर्दैछ भन्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने तत्वहरु संलग्न भएको बताउँदै कलेजका कार्यकारी अध्यक्ष लम्बोधर न्यौपानेले यसको पछि नलाग्न सम्पूर्ण दुवाकोट बासी विद्यार्थी तथा अभिभावकहरुमा आग्रह गर्नुभएको छ ।
कलेजमा संचालकहरुको केहि मनमुटावलाई आफ्नो स्वार्थका रुपमा लिएर केहि तत्वले कलेज हड्प्ने दाउका साथ यस्तो अफवा फैलाएको अर्का संचालक सूर्यवहादुर केसी बताउनुहुन्छ । हामी कलेज सार्नु नै थियो भने किन नयाँ भर्ना लिन्थ्यो र अनी यतिका भौतिक संरचना भएको आफ्नो जग्गा भएको ठाउँ छोडेर अनेत्र जाँदै छन् भनी हल्ला गर्नु बेर्थपूर्ण एवं लाजमर्दो कुरा भएको उहाँको भनाई थियो ।