काव्यका स्काउटलाई आपत्कालिन तालीम

695

काठमाण्डौ । काव्य स्कुलमा गठन गरिएको काव्य स्काउट ट्रुपका १५० स्काउटलाई आपत्कालिन व्उवहारिक तालीम दिइएको छ ।

योंग हार्ट ओपन स्काउट क्रयु कुमारीगालका संस्थापक अध्यक्ष एवम् सिन्धुपाल्चोक जिल्ला स्काउटका जिल्ला आयुक्त देवदूत अधिकारीको संयोजकत्वमा सम्पन्न सो तालीममा योंग हार्ट ओपन स्काउट क्रयुका स्काउटर तथा युवा (रोभर÷रेन्जर) स्काउटले आपत्कालिन अवस्थामा उद्धार तथा प्राथमिक उपचारका बारेमा प्रशिक्षण दिएका थिए ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य समेत रहेका स्काउट गुरु अधिकारीका अनुसार ६,७ र ८ कक्षाका सबै स्काउटलाई आपत्कालिन तालीममा विरामी बोक्नका लागि स्ट्रेचर बनाउने तरिका, घाइतेलाई मल्हमपट्टी गर्ने तरीकाको साथै क्लाइम्बिंग र डोरी बान्ने कला पनि सिकाइएको थियो ।

सो तालीममा काव्य स्कुलका संस्थापक निर्देशक एवम् स्काउट गुरु रिजन खड्का, स्काउट गुरु देवदूत अधिकारी, योंग हार्ट ओपन स्काउट क्रयुका अर्का स्काउटर अनुज थापा तथा रोभर÷ रेन्जरले ती स्काउटलाई व्यवहारिक तालीम दिएका थिए ।