निजगढ विमानस्थल विस्तार गर्न २२ लाख रुख काट्ने

621

काठमाडौं- बाराकाे निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि २२ लाख रुख काट्न दुई मन्त्रालयबीच सहमति जुटेकाे छ।

पर्यटन मन्त्रालय र वन मन्त्रालयबीच उक्त सहमति जुटेको हाे। विमानस्थल निर्माणका लागि ठूलाे संख्यामा रुख कटानी गर्नुपर्ने भएपछि दुई मन्त्रालयबीच सहमति जुट्न सकेकाे थिएन।

सोमबार वनमन्त्री शक्ति बस्नेत र पर्यटनमन्त्री रवीन्द्र अधिकारीबीच रुख काट्ने विषयमा सहमति जुटेको पर्यटन मन्त्रीका प्रेस सल्हाकार दयानिधी भट्टले बताए। दुई मन्त्रालयबीच भएको रुख काट्ने सहमति स्वीकृत गर्न मन्त्रीपरिषदमा लगिने भएको छ।

जतिसक्दो छिटो मन्त्रिपरिषदबाट स्वीकृत गराएर रुख काट्न सुरु गर्ने निर्णय भएको उनले जानकारी दिए।