गायक मुकेश शाहीको “म तिमीलाई माया गर्दछु” नयाँ नेपाली गीतको श्रव्य दृश्य (भिडियो) भर्खरै सार्वजनिक भएको छ। सङ्स नेपाल को यु ट्युब च्यानल बाट उक्त गीत सेप्टेम्बर ५ तारिखमा बजारमा आएको हो ।
गीतको बोल” म तिमीलाई माया गर्दछु “रहेको छ भने यो गीतका गायक मुकेश शाही हुन् ।
गीतमा शब्द स्वर्गीय बाबु राम रिमालको रहेको छ भने तथा सङ्गीत भर्ने र संगीत सम्योजन गौरव शर्माको रहेको छ । गीतमा अहिलेका चल्तिका अरेन्जर प्रमोद परियारले ड्रम प्रोग्रामिङ गरेको हो भने भिजुअलमा कलाकारहरू प्रगति छेत्री र कृष्ण भण्डारीको अभिनयलाई देख्न सकिन्छ।
यो गीत रक एण्ड रोलमा आधारित भएता पनि नेपालकै मौलिक लाखे नाच यो म्युजिक भिडियोमा देख्न सकिन्छ। भिडियोलाई सम्पादनमा लोकेन्द्र सुब्बाको साथ रहेको छ भने भिडियोको निर्देशन अहिलेका ब्यस्त म्युजिक भिडियो निर्देशक राज कुमार तामाङले र टेकेन्द्र कार्कीले सम्युक्त रुपमा गरेको छ । उक्त भिडियोलाई जोअक प्रोडक्सनले उत्पादन गरेको हो ।
२०३५ सालमै अङ्रेगी सङीत समूह Dire Straits का गीतहरुबाट प्रभावित भइ सृजना गरिएको यो गीत अहिले मात्र रिकर्ड र भिजुयल गरेको गायक मुकेश बताउनु हुन्छ भने उनकै अनुसार दर्जनौ कन्सर्टमा धेरै पटक प्रत्यक्ष प्रस्तुत गरी वाह वाही पाएको गीत को इतिहास रहेकोले यो गीत चल्ने कुरामा गायक ढुक्क छन । स्मरण योग्य कुरा यो गीतमा के छ भने संगीतकार गौरब शर्मा को जिन्दगी कै पहिलो रचना हो जबकि वहाँ दर्जनौ सङ्गीत समुह तथा चलेका गायक गायिकाको संगीत गुरुको रुपमा नेपालभर प्रख्यात हुनु हुन्छ। भने गायक स्वयम् वेष्टर्ण भोकल टिचरको रुपमा क्लाडियोस्कोप म्युजिक एकडेमीमा लामो समय देखि कार्यरत हुनु हुन्छ। यति समय पछि भए पनि यो गीत बजारमा ल्याउन सक्नुमा बिशेष श्रय क्लाडियोस्कोपका पुर्ब सङीत बिध्यार्थी तथा हालका चल्तिका म्युजिक डिरेक्टर प्रमोद परियारको हौसला मुख्य रहेको कुरा गायक शाहीले भन्न छुटाउनु भएन। ३८ बर्ष अघिको कल्पना भए पनि रक एण्ड रोल मन पराउने श्रोता को आज पनि कुनै कमि नरहेकोले आजको दिन सम्म आइ पुग्दा यु ट्युबमा यो गीतले पाएको भ्युले पुष्टि गर्दछ।