काठमाडौं । नेपाली नाचको एउटा साँंस्कृतिक टोली थाइल्याण्डमा हुने साँंस्कृतिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाली राजदूतावास बैंकक थायल्याण्डले बुधबार आयोजना गर्ने राष्टिय दिवस कार्यक्रममा सास्कृतिक प्रदर्शन गर्न सात जनाको टोली त्रिभवन अन्तरौष्टिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रस्थान गर्ने टोलीमा मुक्तिसुन्दर जधारी, रोसिका जधारी, रामकेशरी तुकंबन्जार जधारी, इन्दिरा लाछिमस्यू ढुकुछू, बद्रीनारायण ताम्राकार, सकुलबहादुर सुन्दास र वीरेन्द्रराज जोशी रहेका छन् ।
नेपाली टोलीले त्यहाँं लाखे, देवी, कुमारी नाच देखाइनेछ । साथै उनीहरुले त्यहाँं घिन्तान्गिसी नाच (गाईजात्राको अवसरमा भक्तपुरमा लठी जुधाएर खेल्ने एक प्रकारको विशेष नाच) देखाइनेछ । साथसाथै धिमे बाजा पनि बजाइने जनाइएको छ ।
।







































