सप्तताराको ११औं साधारसभा सम्पन्न

391

भक्तपुर । सप्ततारा वचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११औं बार्षिक साधारसभा सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुरको गपली स्थित सूयविनायक अजिम पाटी महलमा सहकारीले आफ्नो ११औं बार्षिक साधारसभा सम्पन्न गरेको हो ।
साधारण सभामा सहकारीले आफ्नो अघिल्लो बर्षको भन्दा यो बर्ष निक्षपमा १४.६३ प्रतिशतले बृद्दि भएको जनाएको छ । अघिल्लो बर्ष ३३७२४७१९ रुपैंया निक्षप रहेको सहकारीले यस वर्ष निक्षपमा वृद्दि गर्दै ३८६५७८३०.७१ रुपैंया पुञ्याउन सफल भएको सहकारीले जनाएको हो ।
५८२ जना पुरुष सदस्य , ४४५ जना महिला सदस्य र १७५ बाल सदस्य रहेको सहकारीले भक्तपुरमा आफ्नो अलगै पहिचान बनाउन सफल रहेको छ ।
सहकारीको साधारसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक रुपमा समृद्दि हाँसिल नभएसम्म केहि पनि नहुने यसको लागि सहकारीको ठुलो भुमिका रहेको बताउनुभयो । उहाँले आगामी दिनमा सप्ततारा सहकारी लगायत अन्य सहकारीले पनि आर्थिक उन्नती हाँसिल गर्नको लागि उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष कुमार चौवालले सहकारीले निक्षप संकलनमा मात्र नभएर आर्थिक उन्नतीको लागि पनि लगानी थाल्नु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सहकारीका सचिव सुन्दर किवानायो ले सहकारीको प्रगति प्रतिवेदन , कोषाध्यक्ष रविन्द्र प्रसाद सिंख्वालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व सहकारीका अध्यक्ष कुमार बाटीले गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ठ ऋणी विरेन्द्र मचामसी , उत्कृष्ठ बचत कर्ता कृष्णेश्वरी र उत्कृष्ठ बाल बचत कर्ता साहिल गोठेलाई सम्मान गरेको थियो ।