भक्तपुर । ब्लड क्यान्सर संग लडिरहेकी मन्डन देउपुर नगरपालिका ९ काभ्रेकी १९ बर्षिया रेणु तिवारीलाई वाईसीयले सहायोग गरेको छ । वाईसीयल श्रम तथा रोजगार विभाग ३ नम्वर प्रदेशले तिवारीलाई अस्पतालमा नै गएर नगद रु २० हजार सहयोग गरेको हो ।
ब्लड क्यान्सर सँग लडि रहेकी तिवारीको उपचारमा सहयोग होस् भनी आफूहरुले सानो मात्र सहयोग गरेको वाईसीयल केन्दिय सदस्य तथा श्रम तथा रोजगार विभाग ३ नम्वर प्रदेशका प्रमुख कुमार लामाले जानकारी दिनुभयो ।
कुनै पनि युवा विदेशमा बेचिनु नपरोस र कुनै पनि युवा उपचारको अभावमा मृत्यु वरण गर्न नपरोस् भनी आफ्नो विभागले सधैव सहयोग र साथ दिदै आएको उहाँको भनाई थियो ।
ब्लड क्यान्स पीडित तिवारी हाल शिक्षण अस्पताल महाराजगंजमा उपचारार्थ रहनु भएको छ उहाँलाई साथ र सहयोगको आवश्यकता रहेका कारण सवैमा उहाँलाई सहयोग गर्न समेत लामाले आग्रह गर्नुभएको छ ।