यात्रुबहाक बसले छतमा सामान बोके पनि कारबाही

277

दसैंमा मौका छोपी ओभरलोड गर्ने तथा छतमा यात्रु बोक्ने सवारी साधनलाई प्रहरीले कारबाही गर्ने भएको छ । चाडपर्वमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्न प्रहरीले कडाई गर्ने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंमा सञ्चालन हुने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनले आभोर लोड मात्र नभइ छतमा समान राखेको पाइए पनि कारबाही गरिनेछ ।

लामो दुरीमा चल्ने प्रत्येक सवारी साधनले अनिवार्यरुपमा दुई चालन राख्नु पर्ने छ । उपत्यका बाहिरिने थानकोट, नागढुंगा, जागती, फर्पिङ, बालाजुलायतका चोकमा मापसे चेकिङ अझ तिब्र दिने भएको छ ।

प्रत्येक टिकट काउन्टरमा सादा पोशाकमा प्रहरी परिचालन गरिने र कसैले टिकटमा कलाबजारी गरेको पाइए तत्काल कारबाही गरिने प्रहरीले जनाएको छ ।

राजधानीका १३ स्थालनमा विशेष सहायता कक्ष राखेकाे प्रहरीले चौबिसै घण्टा सेवा दिने भएकाे छ । टिकट तथा यात्रा सम्वन्धित कुनै समस्या भए यात्रुले तुरन्तै सहायता कक्षमा उजुरी गर्न सक्नेछन् ।

प्रहरीका अनुसार ट्राफिक प्रहरीले नागढुंगा, स्वयम्भू, कलंकी, सुन्धरा, बल्खु, फर्पिङ, सातदोवाटो, काटेश्वर, पुरानोबस पार्क, सुन्धरा, गौशला र जागतीमा बिशेष सहायता कक्ष राख्ने छ ।

The post यात्रुबहाक बसले छतमा सामान बोके पनि कारबाही appeared first on Naya Patrika.

Source link