हीरक वर्षको उपलक्ष्यमा वागीश्वरीमा खुल्ला रक्तदान

225

भक्तपुर–वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्षको अवसरमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वलगायत जम्मा एक सय तीस जना रक्तदाताहरुले रक्तदान गरेको विद्यालय प्रशासनले जनाएको छ ।
रक्तदाताहरुमध्ये हालसम्म ६९ पटक रक्तदान गर्ने सुकुलढोका निवासी दिपकराम वैद्य पनि सहभागी भएका थिए ।
रक्तदान कार्यक्रममा विद्यालय तथा कलेजका शिक्षक, शिक्षिका, अभिभावक, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकहरुलगायत सहभागी रहेका थिए ।