गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनापछि संचालन

383


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अवको ६ महिनाभित्र संचालनमा आउने बताएका छन्। राष्ट्रिय सभाको सार्वजनिक सरोकार समितिमा बोल्दै अधिकारीले अहिले निर्माण भइरहेको उक्त धावनमार्ग ६ महिनाभित्र संचालन हुने जानकारी दिए।
२०७६ को साउनदेखि व्यवासायिक उडान गर्ने घोषण गरेपनि २०७६ को माघ अघि संचालन नहुने भएको छ। यद्यपी धावनमार्ग बनेपछि अहिले भइरहेका आन्तरिक उडानका जहाज नयाँ धावनमार्गबाट उडान तथा अवतरण गराउने सरकारको तयारी रहेको छ।
धावनमार्गमा कालोपत्रे गर्नमात्र बाँकी रहेपनि विमानस्थलमा आवस्यक पर्ने ट्राफिक,

Source link