रामदेवको संस्थाले राष्ट्रियतामा आँच आउने गतिविधि गरेको आरोप, भारतको झण्डा बोक्न नसक्ने भन्दै भक्तपुरमा विद्रोह :: PahiloPost

408

भक्तपुर : भारतीय योग गुरु रामदेवको संस्थाले राष्ट्रियतामा आँच आउने गतिविधि गरेको, आर्थिक अनियमितता गरेको आरोप लगाउँदै नेपालस्थित पतञ्जलि योग समितिमा रहेर काम गरेकाहरुले विद्रोह गर्दै छुट्टै संस्था गठन गरेका छन्। 

नव गठित पातञ्जल योग समिति नेपालले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत् रुपमा दर्ता गरी केन्द्रीय तथा जिल्ला समिति गठन गरिएको बताए। 

पत्रकार सम्मेलनमा उनले भने, “पतञ्जलि योग समितिले नेपाली राष्ट्रियतामा आँच पुग्ने गरी काम गरिरहेको छ, पतञ्जलीकै नाममा भारत स्वाभिमानको बिल्ला भिर्नुपर्छ, भारतीय झण्डा, लोगो र ब्यानर बोक्नुपर्छ, नेपालीबाट आजीवन सदस्य बनाएको करोडौँ रुपैयाँ भारतमा लगेर बुझाएको छ, आर्थिक अनियमितता व्यापक छ।” 

कार्यक्रममा योगगुरु एवं योगका अभियन्ता बालमुकुन्द सुवालले योग भारतबाट प्रारम्भ भएको भन्दै पतञ्जलि योग समितिले गलत प्रचार गरेको बताउँदै शास्त्रबाटै योग नेपालको हिमाञ्चलबाट शुरु भएको बताए। उनले नेपालका हरेक योग साधना केन्द्रमा भारतकै झण्डा, लोगो र ब्यानर प्रयोग भइरहेको भन्दै अब त्यसलाई विस्थापित गर्दै नेपालको झण्डा, लोगो र ब्यानरको प्रयोग गरिने बताए।  राससको सहयोगमा
 

Source link