काठमाडौं । युवा नेत्र सेवा काठमाडौंले यही कात्तिक ८ देखि १० गतेसम्म किर्तिपुरको किर्तिनगर विहारमा निशुल्क आँखा शिवीर आयोजना गर्ने भएको छ । सो संस्थाको २२ औं वार्षिकोत्सवको अवसरमा सो शिवीर आयोजना गर्न लागिएको हो ।
संस्थाका अध्यक्ष एवम् वरिष्ठ नेत्र विशेषज्ञ सिद्धार्थ रंजितले तीनदिने सो शिवीरमा निःशुल्क आँखा जाँचको साथै उपचार र निःशुल्क शल्यक्रिया समेत गरिने छ ।
शिवीरमा कम्तिमा ५० जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिने पनि अध्यक्ष रंजितले बताउनुभयो ।
संस्थाले काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच तथा आँखा शिवीर सञ्चालन गर्नका लागि दाताहरुबाट “एक कप चिया दान अभियान” पनि सञ्चालन गर्दै आएको छ ।
दैनिक एक कप चियाको मुल्य बराबर अर्थात दैनिक १५ रुपैयाको दरमा वर्षभरीको चियाको पैसा (५ हजार ४७५रुपैया) दान गरि निम्नवर्गका विरामीहरुको निःशुल्क आँखाको उपचारमा सहयोगकोे कार्यक्रम पनि सो संस्थाले सञ्चालन गर्दै आएको छ । पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मी कुमार रंजितले पनि बोल्नुभएको थियो ।








































