सवैको स्वास्थ्य हाम्रो सरोकार भन्दै स्वस्थ्य शिविर गरिने

359

भक्तपुर । सवैको स्वास्थ्य हाम्रो सरोकार भन्दै समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

आगामी मंसिर ३ गते ठुलो एकादशीका दिन चाँगुनारायण मन्दिर प्रङ्गणमा केन्द्रले स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

“हामी जे गर्छौ नेपालमै गर्छौ “ भन्ने अभियानलाई चरितार्थ दिदै “सबैको स्वास्थ्य हाम्रो सरोकार”, “सबै राम्रा बनुन , घामबाट भक्तालु जोगिउन” भन्ने उदेश्यका साथ आगामी ठुला एकादशी २०७५ मंसिर ३ गते को दिन चाँगुनारायण मन्दिर परिसर छेउमा एक हेल्थ डेस्क र एक ब्युटी डेस्क राख्ने लागेको समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले जानकारी दिनुभयो ।

तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत निः शुल्क हेल्थडेस्क , र ब्युटिसियनद्वारा निःशुल्क सनब्लक लोसन,नि :शुल्क मेहेन्दी लगाइदिने कार्यक्रम रहेको उहाँले जनाउनुभएको छ ।

चाँगुनारायण मन्दिरमा “एकादशी“ मा दर्शनार्थ आउने भक्तालु तिर्थयात्रीलाई यहि मंसिर ३ गते बिहान ७.३० बजेदेखि निःशुल्क सेवा दिन केन्द्र तत्पर रहेको उहाँले जानकारी गराउनुभयो ।

स्वास्थ्यकर्मी नर्सहरु रोजिना खत्री , अस्मिता सिलवाल , सृष्टि दाहाल , दीक्षा काफ्ले , कबिता फुयाल , सिंचाओ तण्डुकार लगायत ब्युटिसियनहरु शर्मिला श्रेष्ठ , सुमित्रा कार्की , कबिता राजचल लगायत रहनेछन ।
अन्य आबस्यक सम्पर्कका लागि कार्यक्रम संयोजक सिर्जना (ढुंगाना) न्यौपाने , र सदस्यहरु संगिता फुयाल ,शान्ति न्यौपाने लगायत रहनुहुने उहाँले जनाउनुभयो ।

अध्ययन केन्द्रले यस क्षेत्रमा बिबिधखाले कार्यक्रम गर्दै गरेको संस्थाका सचिब रोशन तिमिल्सिना ले जानकारी दिनु भयो !
समाजवाद अध्ययन केन्द्रले चाँगुनारायणमा नै बसोबास गर्ने प्राबिधिक जनशक्तिको प्रयोग गर्दै हामी आफ्नो मात्रै होइन हाम्रा लागि हाम्रो ठाउँमा केही गरौ भन्ने नर्स र ब्युटिसियनको सहायतामा यो कार्यक्रम संचालन गर्न लागेको हो ।

स्वास्थ्य कर्मिहरुको टिमले करिब ५ हजार भक्तालुलाई सेवा दिने लक्ष्यका साथ आफूहरु काम गरि रहेको कार्यक्रम संयोजक सिर्जना ढुंगानाले जनकारी दिनुभयो । उहाँका अनुसार ब्युटिसियनको टोलीले निःशुल्क मेहेन्दी लगाउने बाहेक सनब्लक लोसनको सेवा पनि ५ हजारलाई दिने लक्ष्य राखेको जनाउनुभएको छ ।
कार्यक्रमको लागि आबस्यक आर्थिक कार्य र सामाग्री तयार भएको कोषाध्यक्ष सुस्मिता पोखरेलले जानकारी गराउनु भयो

ब्युटिसियन शर्मिला श्रेष्ठका भनाइमा हाम्रो जुन किसिमको लोसन छ त्यसले छालामा भएको पोतो, चाया, लगायत घामका कारण हुने एलर्जी समेत हट्छ । त्यसैले हाम्रो ब्युटी डेस्क चाँगु नारायण मन्दिरको भक्तालुलाई लाभदायक हुनेछ हामी टिम बिस्वस्त छौ ।