भक्तपुर । बाल गायक आदित्य स्याङवो र सितास्मा तामाङको सिरियाको कथा सार्वजनिक भएको छ ।
सिरियाका विभत्स बालवालिकाको कथालाई समेटेर बाल गायक दोयले गायको गीतले सिरियाको वालवालिकाको जीवनलाई झल्काएको ।
कथा सिरियाको, ब्यथा सिरियाको, आँसु सिरियाको, पिडा सिरियाको भन्ने बोलको गीतबाट विश्व सामु सिरियाको वालवालिकाको अवस्था दर्शाइएको छ ।
नन्दु राईको लखन रहेको उक्त गीतमा सरोज योञ्जनले संगीत संयोजन गरेका छन् भने दश वर्षका बालक आदित्य स्याङवो र ६ वर्षकी सितास्मा तामाङको श्वर रहेको छ ।
गीतको एरेन्ज र मीक्सीङ दिपेश प्रदानले गरेका हुन् भने छायाङकन भने सुजन राईले गरेका छन् । आई मुभिजको प्रस्तुतीमा युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको छ ।
काभ्रे मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ का आदित्य र रामेछाप सुनापाती गाउँपालिका वडा नम्वर ४ कि सितास्माले गीतमा सिरियाका वालवालिकाको पिडालाई चरितार्थ गरेका छन् ।
https://youtu.be/kac-fIuh2HA